अस्वभाविक यात्रा

अस्वभाविक यात्रा
+
-

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणमा आइपुगेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा भएको यो यात्राको प्रयोजन या उद्देश्यबारे सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी भइरहेका छन्। यो भ्रमणको सफलता, असफलता या नियत भ्रमण पछिको भारतीय व्‍यवहारबाट जाँचिनेछ, तर अहिलेकै विश्‍लेषणमा यो भ्रमणलाई स्वभाविक मान्‍न सकिन्‍न।

निर्वाचन सम्पन्‍न भइसकेको तर नयाँ जनादेशमा आधारित सरकार बनी नसकेको अवस्थामा आतिथेय   मुलुकको सरकारी संयन्त्रलाई बेवास्ता गर्दै भएको यो यात्राले ‘भावी प्रधानमन्त्री’ केपी ओलीलाई महत्व दिएको जस्तो लाग्‍न सक्छ, तर मुलुकको सम्‍मानको मूल्‍यमा व्‍यक्तिले पाएको सम्‍मानको के अर्थ हुन्छ त्‍यो ओलीले बुझ्‍न सक्‍नुपर्छ।

नेपाल भित्रै पनि खासगरी दुई वर्षअघि भारतले नाकाबन्दी लगाउँदा ओलीले लिएको अडान र शैलीसँग प्रधानमन्त्री पदका दाबेदार ओलीको व्‍यवहार दाँजिनेछ। नेपाल एउटा परम्परागत समाज र राज्‍य हो। अतिथिको सम्‍मानमा उसले आफ्न‍ै आत्मसम्मान र स्वार्थमा सम्झौता गरेका अनेक उहादरण छन्।

तर नेपालको स्वतन्त्र हैसियत र आन्तरिक राजनीतिमा विगत १२ वर्ष यता भारतले देखाएको हस्तक्षेपका नीति, सार्वभौम नेपाली जनताको अवमुल्‍यन र सत्ता पिपासु केही नेताहरुसँग भारतीय सहकार्य कै कारण नेपाल अहिले अनिश्‍चितताको भूमरीमा परेको छ र भारत त्‍यही अनुपातमा नेपालमा अलोकप्रिय बनेको छ।

 सकारात्मकश्‍यामशरणदेखि नेपाललाई आमूल परिवर्तनकारी एजेण्डको प्रयोगथलो बनाउन भूमिका खेलेका विभिन्‍न भारतीय कूटनीतिज्ञहरुले चीनको बढ्दो प्रभावबाट नेपाललाई मुक्त गराउनुपर्ने अडान लिएता पनि चीन तथा अन्‍य विदेशी शक्तिहरु नेपाल भित्रिनुमा भारतको असफल तथा हस्तक्षेपकारी नेपाल नीतिको भूमिका रहेको स्वीकार गरेका छैनन्।

नेपाल भारतीय ‘बाबुहरु’को राजनीतिबाट आक्रान्त छ। के उनीहरुको राजनीति भारत सरकारको नीति अनुकुल छ ? यसको जवाफ खोज्‍ने दायित्व मोदी र स्वराजको पनि बनेको छ। सुष्मा स्वराज भारतकी सम्‍मानति राजनीतिज्ञ हुन। पहिले समाजवादी नेताका रुपमा वीपी कोइराला लगायतका नेताहरुले नेपालको स्वतन्त्र र सार्वभौम हैसियत बनाउन राजासँग सहकार्य गरेको इतिहासबाट उनी अनभिज्ञ छैनन्।

अहिले भारतीय जनता पार्टीका नेता तथा विदेशमन्त्रीका रुपमा नेपालको संस्कृति, सभ्‍यता र स्वतन्त्र हैसियतप्रतिको नेपाली संवेदनशीलता र नेपाल-भारत सम्बन्धमा ‘सफ्ट पावर’को सान्दर्भिकताबारे उनी त्‍यतिकै जानकार छन्। नेपालको विभाजित राजनीतिबाट भारतले तात्कालिक फाइदा लिन सक्छ। तर त्‍यसलाई मैत्रीपूर्ण व्‍यवहार मानिने छैन। र त्‍यो फाइदा दीगो पनि हुने छैन।

श्‍यामर शरणको अगुवाइमा भएको प्रयोग, त्‍यसपछिको नेपालको हालत र भारतको बढ्दो अलोगकप्रियता त्‍यसका प्रमाण हुन्।

स्वराजको यो भ्रमणले भारतप्रति नेपाल र आम नेपालीको विश्‍वास र सम्मानलाई अझ घटायो भने त्‍यो भारतको अर्को कूटनीतिक असफलता मानिनेछ छिमेकमै। त्यो भन्दा बढी त्यो नेपालको दुर्भाग्‍य पनि मानिनेछ। ओीकै लागि पनि यो ठूलो चुनौती साबित हुनेछ।

खासगरी सरकारको नेतृतव गर्नुपूर्व कुन हैसियत र किन यो भ्रमणको अघोषित आतिथ्य गर्दैछन् उनी ? त्‍यसले उनको हिजोको ‘हिरो र राष्ट्रवादी’को छविलाई नकारातम्क व्‍यवहारमा तानिरहनेछ पछिसम्‍म।
एउटा उच्चस्तरीय कूटनीतिक या राजनीतिक भ्रमणमा साझा एजेण्डा र साझा समझदारीका साथ सामना गर्न नसक्‍नु या नचाहनु नेपालको वर्तमान र भावी सत्ता तथा प्रतिपक्षका शक्तिहरुको पनि असफलता हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?