राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्न प्रधानन्यायाधीशको आग्रह

+
-

वीरगञ्ज – प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय न्यायीक समितिले राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् ।

न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतले बुधबार वीरगञ्जमा आयोजना गरेको ‘न्यायमा सहज पहँुचका लागि स्थानीय न्यायीक समितिको भूमिका’ विषयक अन्तरक्रियामा उनले सबैलाई चित्त बुझ्ने गरी न्याय सम्पादन गर्नु न्यायीक समितिका लागि चुनौती र अवसर भएकाले सकारात्मक न्याय सम्पादन गरेर अभिभावकको भूमिका खेल्नुपर्ने बताए ।

स्थानीय न्यायीक समितिलाई संविधान र कानुनले ठूलो अभिभारा दिएको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायीक मन प्रयोग गरेर न्याय सम्पादन गर्न आग्रह गर्दै पार्टीको विचारभन्दा माथि उठेर साझा व्यक्तिका रुपमा काम गर्दा नागरिकलाई सहज न्याय दिन सफल हुने विचार व्यक्त गरे ।

न्यायमा पहुँच आयोगका सदस्य मीरा खड्काको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, उच्च अदालतका कुमारप्रसाद पोखरेल, मुख्यन्यायाधीश उदयप्रकाश चापागाईं, प्रशासकीय अदालतका रजिस्टार ममता खनाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, जिल्ला समन्वय समितिका सभापति नेक महमदलगायतले धारणा राखे ।

अन्तरक्रियामा बारा, पर्सा र रौतहटका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको थियो । रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?