आरजुले देउवालाई भोट नहाल्ने

आरजुले देउवालाई भोट नहाल्ने
आरजु देउवा। फाइल तस्बिर।
+
-

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै पत्नी आरजु राणाले भोट नहाल्ने निर्णय गरेकी छन्। बिहीबार हुने निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गृहक्षेत्र डडेल्धुरा पुगिसकेका बेला पत्नी आरजुले भने उनलाई भोट नहाल्ने निर्णय गरेकी हुन्।

कैलाली ५ बाट प्रतिनिधिसभाकी उम्मेद्वार आरजुले प्रधानमन्त्री देउवालाई भोट हाल्न डडेल्धुरा नजाने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले जानकारी दिए। उनले देउवाको एक भोटका लागि धनगढीमा आरजुको सयौँ मत घट्नसक्ने सम्भावना रहेकोले मतदानका लागि डडेल्धुरा नजाने निर्णय गरेको बताए।

आरजुको मतदाता सूची डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिका १ मा छ। धनगढीबाट उम्मेद्वार बनेकी आरजुले आफूलाई भोट खसाल्न पाउनेछैनन्। देउवाले भने गन्यापधुरा गाउँपालिका १ मा रहेको असिग्राम उच्च माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसाल्नेछन्।

डडेल्धुरामा देउवासँग बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्टको प्रतिस्पर्धा छ। उनी प्रधानमन्त्री देउवासँग तेस्रोपटक प्रतिस्पर्धा गरिरहेका छन्। मतदानका लागि देउवा गृहक्षेत्र पुगिसकेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।

यस्तै प्रदेश नम्बर ७ का शीर्ष नेताहरु मतदानका लागि आआफ्नो क्षेत्रमा पुगिसकेका छन्। एमाले उपाध्यक्ष भीम रावल, कांग्रेस नेता रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, माओवादी केन्द्रका नेता लेखराज भट्टलगायत नेताहरु आआफ्नो क्षेत्र पुगिसकेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?