पृथ्वी जयन्ती- कृतघ्नतादेखि कृतज्ञतासम्म

पृथ्वी जयन्ती- कृतघ्नतादेखि कृतज्ञतासम्म
+
-

शेरबहादुर देउवा सरकारले पृथ्वी जयन्तीलाई पुन: राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णय गरेलगत्तै पुस २७ गतेले राष्ट्रिय जीवनमा फेरि महत्वपूर्ण हैसियत हासिल गरेको छ।

राष्ट्र निर्माताको सम्मान मुलुकको अखण्डता, सार्वभौम हैसियत र स्वतन्त्रताप्रतिको सम्मान हो।

‘घुस लिन्या र दिन्या दुवै मुलुकका बैरी हुन्,’ ‘मेरा साना दुखले आर्ज्याको हैन’,‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ र ‘नेपाल चार जात र ३६ वर्णको फूलबारी हो’ जस्ता बृहत मान्यताको जगमा आधुनिक नेपाललाई खडा गराउने अभियानकै क्रममा जीवन उत्सर्ग गरेका बडा महाराजलाई मुलुकको मौलिक पहिचानविरुद्ध खनिएका केही संकुचित राजनीतिज्ञहरुले अवमूल्यन गर्ने कोशिश गरे।

२०६३ बैशाखमा उनलाई राष्ट्र निर्माता र उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको हैसियतबाट बञ्चित गर्ने तत्कालीन सरकार र खासगरी गृहमन्त्रीको निर्णय नेपालको इतिहासलाई परचक्रीहरुको व्याख्या अनुरुप स्वीकार गर्ने र भावी नेपाललाई राजनीतिक र अन्य सबै किसिमले परिचालित र परनिर्भर बनाउने षड्यन्त्रको पाटो थियो।

त्यो पृथ्वीनारायण शाहको र उनका उत्तराधिकारीसँगै नेपाली कांग्रेसले अँगाल्दै आएको मान्यता र मूल्यको हत्या पनि थियो। अन्तत: परचक्रीहरुका गोटीहरुको त्यो षड्यन्त्रपूर्ण निर्णय ११ औंं वर्षमा शेरबहादुर देउबा मन्त्रिपरिषदले उल्टिएको छ।

बीचबीचमा समेत त्यो ऐतिहासिक अपराधलाई सुधार्ने प्रयत्न नभएको होइन। तर, कहिले विमलेन्द्र निधि, कहिले मिनेन्द्र रिजालको अवरोध र कहिले तिनै कृष्णप्रसाद सिटौलाको धम्कीका कारण त्यो गल्तीलाई सच्याउन सकिएन। उपप्रधानमन्त्रीका रुपमा बामदेव गौतमको प्रयासलाई पनि असफल तुल्याइएको थियो।

२०६३ वैसाखयता नै यो निर्णय राष्ट्रद्रोहीहरुको जित हो भन्दै त्यसलाई सच्याउन एक्लै या समूहमा आआफ्ना हिसाबले लागि परेका मोदनाथ प्रश्रित, भरत बस्नेत, कमल थापा, प्रकाश कोइराला, डा. जगमान गुरुङ, प्रा.डा. सुरेन्द्र केसीलगायतको योगदानले सत्ता र नागरिक समाजको एउटा समूहको अन्तरचेतनालाई जगाउन पक्कै पनि सफल भएको देखिन्छ,यद्यपि वैदेशिक सहयोगमा समृद्ध बनेका या आफ्ना इतिहासप्रति उदासीन प्राज्ञिक तथा नागरिक समाज राष्ट्र निर्माताप्रतिको असम्मानमा रमिते बनिरह्यो।

तर, पृथ्वी जयन्ती मनाउनुको अर्थलाई वर्षमा एकपल्ट उनको सालिकमा माला चढाउनुका रुपमा मात्र लिइनु हुँदैन। त्यो दिनले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व, शान, घुस लिन्या र दिन्या अवलम्बन र नेपाललाई चार जात ३६ वर्णको फूलबारी बनाउने अभियानको निरन्तरतासँगै बाहिरी हस्तक्षेपबिनाको समृद्ध नेपाल निर्माणको अभियानलाई अघि बढाउने साझा लक्ष्य नेपाललाई अघि बढ्न प्रेरित गर्न सक्नुपर्दछ। त्यो नै राष्ट निर्माताप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?