‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गरिँदै

‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गरिँदै
+
-

दाङ – दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘देवीकोट दर्शन दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाले प्रतियोगिताबारे जानकारी गराएको हो।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ऐतिहासिक तथा धार्मिक स्थल देवीकोट (भद्राक्षी देवी मन्दिर) को प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

गाउँपालिकाको स्थापना दिवस २०८२ फागुन २९ गतेका अवसरमा बिहान ७ बजेदेखि सुरु हुने उक्त दौड मौरिघाट (राप्ती–४) बाट प्रारम्भ भई राप्ती–९ स्थित देवीकोट मन्दिर परिसरमा पुगेर समापन हुनेछ। करिब ८ किलोमिटर दूरीको क्रसकन्ट्री दौड महिला तथा पुरुष दुवैका लागि खुला रहनेछ।

हिन्दू धार्मिक मान्यताअनुसार देवीकोटलाई शक्तिपीठका रूपमा पनि मानिन्छ। पौराणिक ग्रन्थ बृहत् स्वस्थानी व्रतकथा र देवी भागवत पुराणमा उल्लेख भएअनुसार सतीदेवीको देब्रे घुँडा पतन भएको स्थानका रूपमा देवीकोटलाई चिनिन्छ। सोही आधारमा यहाँ भद्राक्षी देवी, ललिता योगिनी र मातेश्वर महादेवको उत्पत्तिसँग जोडिएको धार्मिक विश्वास रहिआएको छ।

देवीकोट धार्मिक आस्थासँगै सांस्कृतिक पहिचानको केन्द्र पनि मानिन्छ। यहाँ प्रत्येक वर्ष बडादसैं र चैते दसैंका अवसरमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ। पहाडको टाकुरामा अवस्थित यस स्थानबाट देउखुरी उपत्यका र राप्ती नदी को मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

स्थानीय तह र प्रदेश सरकारको पहलमा देवीकोट क्षेत्रमा मन्दिरको जीर्णोद्धार, पदमार्ग निर्माण तथा पूर्वाधार विकासका काम पनि अघि बढाइएका छन्। स्वर्गद्वारी, अम्बिकेश्वरी मन्दिर र देवीकोटलाई समेटेर धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न सके यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गाउँपालिकाको छ।

गाउँपालिकाले प्रतियोगितामा देशभरका खेलाडी तथा सरोकारवालाको सहभागिताका लागि आह्वानसमेत गरेको छ। कार्यक्रमले देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?