यसपटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

यसपटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा
+
-
देशसञ्चार AI सारांश
  • मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउने पुलको निर्माण सुरु भएको १२ वर्ष बिते पनि अझै पूरा भएको छैन।
  • डिजाइन परिवर्तन र बाढीकै कारण पुल निर्माण ढिला हुँदा लागत र समय वृद्धि भएको छ।
  • स्थानीयले पुल नबन्दै निर्वाचनमा कुनै दललाई भोट नहाल्ने चेतावनी दिएपछि उम्मेदवारहरु यसलाई प्राथमिकतामा राख्दैछन्।

डुम्रे (तनहुँ) – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो। प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ। यही विषयलाई आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरुले आफ्नो प्राथमिकतामा राखेका छन्।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ केही दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिदै गर्दा मत आफ्नो पक्षमा पार्न तनहुँ क्षेत्र नं।१ प्रतिनिधिसभा सदस्य उम्मेदवारले प्राथमिकतामा राखेका हुन्।

पुल निर्माण समयमै सम्पन्न नहुनुको मुख्य कारण फरक छ। दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढ्दाका अवस्थामा समस्या हुने देखिएपछि सच्याउने उद्देश्यले डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।

सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख राजीव श्रेष्ठले पहिले मुग्लिङको जस्तै आर्क डिजाइनमा पुल बनाउने योजना रहे पनि आर्कको आधार बस्ने ठाउँमै बाढीले क्षति पुर्‍याएपछि डिजाइन परिवर्तन गर्नैपर्ने बाध्यता आएको बताए।

निर्माण कम्पनीले गत वैशाखमा नयाँ डिजाइनको प्रस्ताव पेस गरेको छ। जसमा अहिले बनिसकेका पिल्लरको उचाइ थप गरी स्टिलको संरचना वा स्ल्याप राख्ने गरी नयाँ नक्सा विभागमा अध्ययनको क्रममा रहेको श्रेष्ठले जानकारी दिए।

पुल निर्माणमा भएको ढिलाइले लागत र समय दुवै बढाएको छ भने सुरुमा लागत वृद्धिको विषयमा सडक विभाग र निर्माण कम्पनीबीच समदारी नमिले पनि अन्ततः कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको उनले बताए। “हालसम्म योजनाको भौतिक प्रगति मात्र ३६ प्रतिशत रहेको छ र विसं २०८३ असार मसान्तसम्म निर्माण सक्ने गरी पछिल्लो पटक म्याद थप गरिएको छ”, उनले भने।

दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विसं २०७० असार २८ गते भएको थियो। सडक डिभिजन कार्यालय दमौलीका अनुसार विसं २०८० असोजमा आएको भीषण बाढीले सुरुको अनुमानभन्दा माथिको सतहलाई असर गरेपछि पुरानो ‘आर्क’ डिजाइनमा काम गर्न नसकिने देखिएको हो।

चितवनको घुमाउनेबाट बुद्धसिंहमार्ग हुँदै दमौली पुग्न मुग्लिङ–आँबुखैरेनी सडकभन्दा २६ किलोमिटर दूरी छोटो पर्ने भएकाले नारायणगढबाट पोखरातर्फ जाने सवारीसाधनका लागि यो निकै छिटो र वैकल्पिक मार्ग मानिन्छ। १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने यस पुल रु १० करोड २१ लाख ८६ हजार ५५१ को लागतमा मृत सञ्जीवनी कम्पनी मकवानपुरले ठेक्का पाएको छ।

लामो समयदेखि पुल अलपत्र परेपछि स्थानीय अत्यन्तै आक्रोशित अवस्थामा छन्। बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी बिर्खमाया गुरुङले भने, “पुल नबन्दा यस क्षेत्रको आर्थिक र सामाजिक विकास ठप्प भएको छ।” पुल निर्माण सम्पन्न नभएसम्म आगामी निर्वाचनमा कुनै पनि दललाई भोट नहाल्ने र मतदान नै बहिष्कार गर्ने सम्मको निर्णयमा स्थानीय पुगेका उनले बताए।

पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो महत्वपूर्ण कडी भए पनि प्राविधिक ढिलासुस्ती र प्राकृतिक अवरोधका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहनु परेको छ। पुल निर्माणको जिम्मा लिएपछि मात्रै प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने भएपछि अधिकांश उम्मेदवारले पहिलो प्राथमिकता दिएर अजेण्डा तय गरेर आमनागरिकसमक्ष पेस गरिरहेका छन्। तर, पुलका परिवर्तित डिजाइन आएपछि भने निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा डिभिजन कार्यालयको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?