नेकपा बहुमत र जनपक्षद्वारा संयुक्त जनपक्षीय सरकार गठनको माग

नेकपा बहुमत र जनपक्षद्वारा संयुक्त जनपक्षीय सरकार गठनको माग
+
-

काठमाडौँ- नेकपा (बहुमत) र नेकपा (जनपक्ष) पार्टीले  संयुक्त जनपक्षीय सरकार गठनको माग गरेकाे छ।

बिहीबार बहुमतका महासचिव कञ्चन र जनपक्षका अध्यक्ष महिन्द्र मल्लले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछि बनेको सरकारले जनअपेक्ष अनुसार काम गर्न नसकेको भन्दै जनपक्षीय सरकार गठनको माग गरेका हुन्।

सुशीला कार्की नेतृत्वको सरकारले जनभावना अनुसार भ्रष्टाचारीहरूमाथि कारबाही अघि नबढाएको, भदौ २३ का हत्याराहरूलाई कारबाही नगरेकोलगायत आरोप लगाउँदै यस सरकारको औचित्य सकिएकोसमेत विज्ञप्तिमार्फत जनाइएको छ।

‘शान्तिपूर्ण रूपमा सरकार परिवर्तन अपरिहार्य भैसकेको छ, सार्वभौम नेपाली जनता, जनपक्षीय युवा र जनपक्षीय राजनीतिक शक्तिहरुको स्वाधिन संयुक्त जनपक्षीय अन्तरिम सरकार आवश्यक भैसकेको छ’, विज्ञप्तिमा भनिएको छ।

साथै प्रधानमन्त्री र राष्ट्रपतिको पनि राजीनामा माग गरिएको छ।

यसअघि बुधबार विप्लव नेतृत्वको नेकपा माओवादीले पनि सरकारलाई १० दिन अल्टिमेटम दिँदै सर्वपक्षीय सरकारको माग गरेको थियो।

जेनजी केही युवाहरूले पनि सरकारको राजीनामा माग गरेका छन्।

विज्ञप्ति

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?