अन्तर्वार्ता

जेन–जी र बालेनबीचको छलफलमा के भयो कुराकानी?

जेन–जी र बालेनबीचको छलफलमा के भयो कुराकानी?
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले बुधबारदेखि विभिन्न राजनीतिक दलका नेता, पूर्वप्रशासक, सामाजिक अभियान्ता, कलाकार, पत्रकार तथा जेनजी समूहका विभिन्न युवाहरूसँग म्याराथन छलफल गरिरहेका छन्। उनी निरन्तर छलफलमै छन्।

उनले हिजो (बुधबार साँझ) नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रशेम चौधरी, राप्रपा नेता ज्ञानेन्द्र शाही, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायत जनेजीका विभिन्न प्रतिनिधिसँग भेट गरे।

सँगै आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वान टु वान छलफल गरे। प्रतिगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुरा भट्टराई, उर्जामन्त्री कुलमान घिसिङ,  कांग्रेस नेता सुनिल शर्मा, विघटित प्रतिनिधिसभा सांसद डा. अमरेशकुमार सिंहसँगै विभिन्न जेनजी युवाहरूसँग भेट गरी छलफल गरे।

बालेनले सबैसँग ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा भेटवार्ता गरेका हुन्। कुमार बालेनका सहयोगी हुन्।

विशेष गरेर वैकल्पिक शक्तिहरू कसरी मिलेर जान सकिन्छ भन्नेमा छलफल केन्द्रित भएको भेटपछि नेताहरूले बताउने गरेका छन्। रास्वपासँग मिलेर जाने विशेष छलफल भएको भए पनि टुंगोमा पुग्न सकेको छैन।

बालेन रास्वपासँग मिलेर जान नसकिएमा अन्य वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर आफ्नै ‘देश विकास पार्टी’मार्फत निर्वाचनमा होमिने तयारी गरेका छन्। कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग पनि एक भएर जाने विषयमा छलफल भएको बुझिएको छ। यद्यपि, आधिकारिक विषय बाहिरिएको छैन।

हामीले बालेनसँग छलफलमा सहभागी भएका जेनजी समूहका एक अगुवा प्रदीप ज्ञावलीसँग भेटमा के भयो? बालेन कसरी अगाडि बढ्न चाहेका छन्?लगायत विषयमा कुरकानी गरेका छौँ।

प्रस्तुत छ ज्ञावलीसँग गरिएको कुराकानीको सम्पादित अंश:

बालेनले जेनजी युवाहरूसँग छलफल गरेको विषय छ। जेनजी युवाहरू क-कससँग बालेनले भेट्नुभएको हो?

हामी सामुहिक रुपमा केही जेनजीहरूले भेटेको हो। किनभने एक प्रकारले उहाँहरू राजनीतिकरुपमा अगाडि आउने भनिसक्नुभएको छ। त्यसका कारण विभिन्न स्टेकहोस्डरलाई भेटिरहँदाखेरी जेनजी पनि भदौ २३ र २४ गतेको आन्दोलनपछि मुख्य स्टेकहोल्डर हो। त्यसैले सबै जेनजी सुदन गुरुङ, रक्षा बम, म (प्रदीप ज्ञावली)लगायतलाई भेटेर कुराकानी गर्नुभएको हो।

जेनजीको विभिन्न समूह देखिन्छ। बालेनले विशेष केही समूहलाई मात्र भेटेको हो कि के हो?

त्यस्तो समूहभन्दा पनि उहाँले उपस्थित सबै जेनजीलाई भेट्नु भएको हो। अहिले हेर्ने हो भने सबै जेनजीहरू एक ठाउँमा पनि हुनुहुन्छ। किनभने वैकल्पिक राजनीतिक कोर्सलाई अगाडि बढाउनुपर्ने छ।

वैकल्पिक राजनीतिक सोच राख्ने साथीहरू र अगाडि बढाउन चाहने साथीहरू सबैलाई भेट्नु भएको हो। व्यक्तिगत एक जना वा कुनै निश्चित समूहले मात्र भेटेको होइन। भेटमा सबैले आफ्नो कुरा राख्नुभयो। मेयरसाप (बालेन)ले पनि आफ्ना कुरा राख्नुभयो।

छलफलमा बालेनले के भन्नुभयो?

उहाँले म राजनीतिमा आइसके भन्नुभयो। उहाँले मैले हिजोदेखि राजनीतिका विभिन्न स्टेकहोल्डरसँग भेटेको देखिरहनुभएको छ, तपाईंहरू पनि एउटा स्टेकहोल्डर हो भन्नुभयो। त्यसकारण अब हामी सँगै जाऔँ, यो पुस्तामा सबै २५ वर्ष नपुगेको पनि हुनसक्छ। २५ वर्ष नपुगेका साथीहरूले सहयोग गर्नुपर्‍यो। म पनि छु भन्ने गरी अगाडि बढ्नुपर्‍यो भन्नुभयो।

बालेनले प्रधानमन्त्री बन्ने विषय पनि बाहिर आइरहेको छ। तपाईंहरूसँग पनि त्यसै किसिमको कुरा भयो कि के भयो?

उहाँले म प्रधानमन्त्री बन्ने किसिमको कुरा गरेको गलत कुरा हो। त्यसरी कुरा भएन। उहाँले तपाईंहरू मुख्य स्टेकहोल्डर हो, सहयोग गर्नुपर्‍यो भन्नु भएको हो।

के तपाईंहरू बालेनलाई सहयोग गर्न तयार हुनुहुन्छ?

अँ। हामी सबै जेनजीहरूले खोजेकै वैकल्पिक राजनीति गर्ने व्यक्ति सबै एक ठाउँ आउनुपर्छ भन्ने हो। सबै मिलेर वैकल्पिक शक्तिहरू एकठाउँ आयो भने सहयोग गर्न तयार नै छौँ।

बालेनसँग छलफल पहिले पनि हुने गरेको थियो कि पहिलोपटक हो?

उहाँसँग हाम्रो छलफल हिजो र आज मात्र भएको हो। पहिले हुने गरेको थिएन।

बालेनले कुनवादी भनेर छुट्याएको देखिँदैन। सबै दलका नेताहरूसँग छलफल गरेको देखिन्छ। तपाईंहरूलाई बालेन कसरी अगाडि बढ्ने बताउनु भएको छ?

उहाँले हामीलाई स्पष्ट भन्नुभएको छ, यो संविधानप्रति कटिबद्ध छु भनेर। संविधानलाई यताउति गरेर अगाडि बढ्ने भन्ने होइन भन्नुभएको छ। अहिले जे छ त्यसैमा टेकेर जाने हो।

र अन्य दलमा भएका राम्रा व्यक्तिसँग सहकार्यमा लिएर सँगै लिएर जाने पनि भन्नु भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?