उम्मेदवार चढेको गाडीमा आक्रमण

+
-

दमक- संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।

ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए।

चुनावी प्रचारमा हिँडेको सो जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पुर्‍याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए। सो घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए ।

यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?