एमाले महाधिवेशन: को-को छन् ओली र पोखरेल प्यानलमा उम्मेदवार?

एमाले महाधिवेशन: को-को छन् ओली र पोखरेल प्यानलमा उम्मेदवार?
+
-
देशसञ्चार AI सारांश
  • नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र ईश्वर पोखरेल आआफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।
  • महासचिव र उपमहासचिवसहित सबै पदाधिकारीका लागि व्यापक उम्मेदवारी दर्ता भइसकेको छ, कुल ६०३ उम्मेदवारी परेको छ।
  • महाधिवेशनबाट अध्यक्षसहित १९ पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी चयन गरिनेछ।

काठमाडौँ- भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

बन्दसत्रमा सोमबार उम्मेदवारी दर्ता भएको हो भने आज मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटीको निर्वाचन हुँदैछ।

दुई पटक पार्टी अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेलले निरन्तरता पाएका छन्।
उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ छन्।

ओली प्यानलतर्फ उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार बनेका छन्। सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई छन्। उपाध्यक्षमा टंक कार्की र भीम आचार्य स्वतन्त्र उम्मेदवार छन्।

अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले पनि प्यानलसहित उम्मेदवारी दिएका छन्।

पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल उम्मेदवार छन्। महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र वैजुनाथ चौधरी उम्मेदवार बनेका छन्।

यस्तै, सचिव पदका लागि गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६०३ उम्मेदवारी परेका छन्। अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० जनाको प्रतिस्पर्धा छ।

महाधिवेशनबाट १९ पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी चयन हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?