लिमीमा सार्वजनिक बिकास निर्माणका काममा अनिवार्य सहभागिता हुनुपर्ने

लिमीमा सार्वजनिक बिकास निर्माणका काममा अनिवार्य सहभागिता हुनुपर्ने
+
-
देशसञ्चार AI सारांश
  • लिमी गाउँमा अब हरेक घरधुरीले विकास निर्माणमा कम्तीमा एक जना कामदार अनिवार्य रूपमा पठाउनुपर्नेछ।
  • सामूहिक बैठकमा सबैका लागि विकास सुनिश्चित गर्न हरेक घरधुरीको सहभागिता अनिवार्य गरिने निर्णय भयो।
  • निर्णयले समान जिम्मेवारीसँगै विकासमा सहभागिताका अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

हुम्ला – नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारीको लिमी गाउँमा सार्वजनिक विकास निर्माणका काममा सबै घरधुरीको अनिवार्य सहभागिता हुने निर्णय गरिएको छ।

लिमीका तील, हल्जी र जाङ गाउँका स्थानीयले वर्षमा एक पटक बस्ने सामूहिक बैठकमार्फत यस्तो निर्णय गरेका हुन्। बैठकले अबदेखि कुनै पनि विकास निर्माणमा प्रत्येक घरधुरीबाट कम्तीमा एक जना कामदार अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ।

लिमी जाङका स्थानीय कुन्जोक तामाङका अनुसार विकास सबैका लागि भएकाले सबै घरधुरीले अपनत्व लिनुपर्ने आवश्यकता महसुस गरी यो निर्णय गरिएको हो। विगतमा केही व्यक्तिले मात्र काम गर्ने र अरूले नगर्ने प्रवृत्तिले विकास केहीलाई मात्र लाभ पुगेजस्तो देखिएको भन्दै सामूहिक सहभागिता सुनिश्चित गरिएको उनले बताए।

वडा अध्यक्ष पाल्जोर तामाङले विकासका काममा आफू मात्र सक्रिय भएर सम्भव नभएको र सबैको सहभागिता अनिवार्य हुने मान्यताले यो निर्णय गरिएको स्पष्ट पारे। बैठकमा करिब डेढ सय स्थानीयको उपस्थिति रहेको थियो।

अब लिमीमा साना–ठूला सबै विकास योजना उपभोक्ता समितिमार्फत अघि बढाइने र प्रत्येक घरधुरीको सहभागिता सुनिश्चित हुने व्यवस्था लागू भइसकेको छ। यस निर्णयले विकासमा समान जिम्मेवारी र अवसर दिलाउने अपेक्षा गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?