निर्माता-निर्देशक भन्छन्, ‘परान माउथ पब्लिसिटीले चल्यो’

+
-

यतिखेर नेपाली सिनेमा हलमा राम्रो व्यापार गरिरहेको छ चलचित्र ‘परान’ले। बाबु-छाेराका अन्तर सम्बन्धको कथा भन्छ यसले। निर्देशक दिपकप्रसाद आचार्य ‘काकु’ र सोही चलचित्रका निर्माता तथा प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले देशसञ्चारसँग फिल्म निर्माणका दुःखसुख सुनाए। निर्मता आचार्यले भने, ‘प्रदर्शनको एकदुई दिन हेर्दा ‘परान’ले राम्रो व्यापार गर्दैन कि भनेर चिन्तामा थियौँ तर ‘माउथ पब्लिसिटी’ले फिल्म चल्यो। दर्शकलाई धन्यवाद।’

निर्माता आचार्यले लामो समयदेखि विज्ञापन क्षेत्रमा काम गरेका छन्। टेलिभिजन कार्यक्रमका लागि होस् या रियालिटी शोको बारेमा होस्, उनी अग्रस्थानमा आउँछन्। कतिले त उनलाई विज्ञापन एजेन्सीका बादशाह पनि मान्छन्। र, परानको व्यवसायिक सफलताले उनलाई निर्माताका रुपमा सफल बनाएकाे छ। पहिलो चलचित्रमा व्यापारिक घराना गोल्छा परिवारका शेखर गोल्छालाई जोडे उनले।

निर्देशक दिपकप्रसाद आचार्य

कुनै समय ‘बासुदेव’ जस्तो चलचित्र निर्माणकै क्रममा रोकिन पुग्दा निर्देशक नीर शाहले व्यापारिक घरानाका विनोद चौधरीलाई निर्माताका रूपमा जोड्न पुगेका थिए।

‘निर्माणको क्रममा नरोकियोस् भनेर बासुदेवका निर्माण टिमले विनोद चौधरीलाई गुहार्नु परेको थियो। तर हामीले त स्क्रिप्ट लेखनदेखि नै गोल्छा समूहलाई जोडेका छौँ। अब ठूला व्यापारी घरानाले पनि सिनेमा निर्माण गर्नुपर्छ र गर्छौँ भन्ने कल्चरको निर्माण गर्न खोजेको छौँ,’ निर्माता आचार्यले भने।

निर्माता आचार्य ठूला घरानाका समूहले फिल्म बनाए पनि ‘कन्टेन्ट’बिना चल्न गाह्राे देख्छन्। उनी कथा बलियो नभएसम्म फिल्म नचल्ने बताउँछन्। भन्छन्, ‘नेपाली चलचित्र जति नै पब्लिसिटी गरे पनि बलियो कथा नभएसम्म व्यवसायिक सफलता पाउन गाह्रो छ। परान चल्नुको कारण त्यसको कथा घर–घरको हो।’

शेखर गोल्छासँग लामो समयदेखि फिल्म निर्माण गर्ने कुरा चलिरहेको तर राम्रो कथा नभएकाले निर्माणमा हात हाल्न नपाएको कुरा पनि गरे निर्माता आचार्यले। उनले भने, ‘शेखरजी र तीन चार वर्षदेखि फिल्म निर्माण गर्ने सोचमा थियौँ। तर कथा राम्रो नपाएकाले रोकिएका थियौँ। निर्देशक दीपकजीले पहिला पनि कथाहरू सुनाउनु भएको थियो तर हामीले हिम्मत गरेनौँ। अहिले कथा नै मन पर्‍यो अनि आँट्यौँ।’

निर्माता रञ्जित आचार्य

निर्देशक दीपक धनकुटाका हुन्। उनले बुवाको पुर्ख्यौली जमिन बेचेर सहर झरेपछि बुवा खासै खुसी हुन नसकेको र विस्तारै बुवा कमजोर हुन पुगेको स्मरण गरे उनले। ‘यो मेरो कथा हो। मैले भोगेको कथा हो। यस्तो कथा घरघरको हुन्छ,’ निर्देशक दिपकले भने, ‘बुवा विरामी बितेर गएपछि मैले हरेक दिनजसो गाउँको सपना देख्थे। अनि लाग्यो बुवाको मन धनकुटातिरै छ। अनि लेखेँ कथा। रञ्जित सरलाई सुनाएँ। उहाँले मन पराइदिनुभयो। काम गर्ने वातावरण बनाउनुभयो।’

‘कथा मात्रै मेरो हो। यसको स्क्रिनप्ले यम थापाले गर्नु भएको हो। परानको संवादमा रञ्जित सरको पनि सहयोग छ। धेरै संवादहरू बलियो भरपर्दो बनाउन उहाँको हात छ,’ निर्देशक दिपकले थपे।

निर्मता आचार्य अहिले फिल्म ‘माउथ पब्लिसिटी’ले चलेको स्वीकार्छन्। प्रचारप्रसार गरेकै भरमा चल्थ्यो भने पहिलो र दोस्रो दिनमा राम्रो कलेक्शन गर्नु पर्थ्यो तर गरेन। त्यसैगरी निर्माता आचार्य पछिल्लो समय बिग्रिएको विज्ञापन बजारप्रति खासै निराश छैनन्। आफैबाट केही गर्ने प्रत्येक नेपालीले राख्न सके बजार चलायमान हुन सक्ने बताउँछन्। ‘हामीले हरेश खाएर आत्तिनु हुँदैन। आफैले अठोट गर्नु पर्छ। प्रत्येक व्यक्तिले मेहेनत गर्नु पर्छ। राजनीतिक अस्थिरिताका कारण पनि केही समस्याहरु आइपरेका छन्। त्यो मात्रै कारण देखाएर चुप बस्ने समय चाहिँ होइन। आफ्नो आफ्नो कोसिस गर्न आवश्यक छ,’ उनले भने।

कोभिड पछाडिको नेपाली अर्थ बजार सामान्य अवस्थामा आउन निकै समय लाग्ग्यो। अझ विज्ञापन बजारलाई त साह्रै गाह्रो भएको थियो। तर अहिले माथि उठिरहेको अवस्था थियो, यद्यपि  पछिल्लो जेन जी आन्दोलनले व्यापारी उद्योगपतिलाई निराश बनाएको अवस्था छ। निर्माता आचार्य त्योसम्मको अवस्था आउनु हुन्थेन भन्छन्, ‘व्यापार उद्योगबाटै अर्थ चलयमान हुने हो। र, ठूला ठूला संरचनाहरु भत्काउनु जलाउनु भनेको हामीले व्यापार व्यवासायलाई सम्मान गर्न नजानेको हो। यसमा हामी सचेत हुनुपर्थ्यो।’

परम्परागत हिराेकाे साटो चरित्र अभिनेता पनि हिराे हुन सक्छन् भन्ने छाप परानले छाेडेकाे छ। निर्मता आचार्य भन्छन्, हाम्राे कथा नै हिराे हाे। र कलाकार नीर शाह पनि हिराे भन्दा कहाँ कम हुनुहुन्छ र?’

पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?