लुम्बिनी लाभाजमा थपिए दुई विदेशी खेलाडी

लुम्बिनी लाभाजमा थपिए दुई विदेशी खेलाडी
+
-

काठमाडौँ – फ्रेन्चाइज भलिबल टोली लुम्बिनी लाभाजले दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ।

एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो।

प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप गरेको हो। रसियन केसेनीया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन्। उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्वपूर्ण फाइदा पुग्ने विश्वास टोलीले गरेको छ।

त्यस्तै, किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन्। उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमसँग रहेको छ।

लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनीक गरिसकेको छ। तीन विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ।

लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुषा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टोलीमा समावेश गरेको छ। यस्तै, ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टोलीका रूपमा प्रस्तुत हुने अपेक्षा छ। दोस्रो सिजनको प्रतियोगितामा उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल प्रदर्शनका साथै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबल खेलको लोकप्रियता बढाउन योगदान पुर्‍याउने लक्ष्य लुम्बिनी लाभाजले राखेको छ।

इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा पोखरामा सञ्चालन हुने प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदै छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?