सिमकोटमा कुकुरको टोकाइबाट घाइते हुने बढे, एक हप्तामै सात जना अस्पतालमा

सिमकोटमा कुकुरको टोकाइबाट घाइते हुने बढे, एक हप्तामै सात जना अस्पतालमा
+
-

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट र आसपासका गाउँमा पछिल्लो एक हप्तामा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको सङ्ख्या बढेको छ।

छाडा छोडिएका कुकुरले टोक्दा यस अवधिमा सात जना उपचारका लागि जिल्ला अस्पताल पुगेका छन्।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार, एक हप्ताभित्र बालबालिकादेखि वृद्धसम्म गरी सात जना कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि आएका छन्।

बिहान र रातिको समयमा छाडा कुकुरले टोक्दा घाइते हुनेको सङ्ख्या बढेको उनले बताइन्। अस्पतालमा घाइतेहरूको उपचारका साथै रेबिजविरुद्धको सुई पनि लगाइने गरिएको छ।

कुकुरको टोकाइबाट सिमकोट गाउँपालिका-५ र ६ को तल्लो गाउँ, माथिल्लो गाउँ र बजार क्षेत्रबाट बिरामीहरू अस्पताल पुगेका छन्।

मंगलबार मात्रै तल्लो गाउँका एक बालकलाई कुकुरले टोकेपछि अस्पताल लगिएको थियो। हाल घाइतेहरूका लागि आवश्यक औषधि उपलब्ध रहेको अस्पतालले जनाएको छ। सिमकोट गाउँपालिकाको वडा नं. २, ३, ४, ७ र ८ बाट पनि कुकुरले टोकेका बिरामीहरू अस्पताल आउने गरेका छन्।

यसअघि महिनामा तीन-चार जना बिरामी आउने गरे पनि पछिल्लो समय यो सङ्ख्यामा वृद्धि भएको हो। स्थानीय बख रोकायाले सदरमुकामको कालीचोक, बालमन्दिर, काठेचुली, तल्लो बजार र छात्रावास चोकमा छाडा कुकुर नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

बाटोमा हिँड्ने मानिसलाई छाडा कुकुरले टोक्ने गरेका कारण हिँडडुलमा पनि समस्या भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?