बलिउडका प्रख्यात अभिनेता शशी कपुरको निधन

बलिउडका प्रख्यात अभिनेता शशी कपुरको निधन
+
-

काठमाडौः बलिउडका प्रख्यात अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार निधन भएको छ । इन्डियन एक्सप्रेस अनलाइनले कपुरका भतिज तथा अभिनेता रणविर कपुरलाई उद्धृत गर्दै मुम्बईस्थित कोकिलावेन अम्बानी अस्पतालमा उनको निधन भएको पुष्टि गरेको छ।

छातीमा समस्या देखा परेपछि गत आइतबार उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसबारे अरु विस्तृत विवरण दिइएको छैन। करिव तीन वर्ष अगाडि मुुटुको बाइपास शल्यक्रियापछि पनि कपुर पूर्णरुपमा छातीको समस्याबाट मुक्त हुन सकेका थिएनन्।

चार पुस्तादेखि भारतीय चलचित्र जगतमा वर्चस्व स्थापित गर्दै आएको कपुर परिवारका मुली पृथ्वीराज कपुरका उनी कान्छा छोरा थिए। उनले सन् १९६१ चलचित्र ‘धर्मपुत्र’बाट अभिनय यात्रा सुरु गरेका थिए। ५३ वर्ष लामो सिने यात्रामा उनका दर्जनौँ चलचित्र चर्चित बन्न सफल भएका छन्। पद्मविभुषणबाट सम्मानित कपुरका एक छोरी सञ्जना कपुर र दुई छोरा करण कपुर र कुनाल कपुर छन्।

उनकी पत्नी तथा अभिनेत्री जेनीफर केन्डालको पहिल्य नै निधन भइसकेको छ। बलिउडमा विशिष्ट योगदानका लागि दिइने दादासाहब फाल्के अवार्डबाट कपुरलाई सन् २०१५ मा सम्मान गरिएको थियो । उनी कपुर अभिनेताहरुमध्ये दोस्रो पुस्ताका अन्तिम जीवित सदस्य थिए।

प्रख्यात अभिनेता राजकपुरको सन् ८० को दशकमा र उनका माइला दाजु सम्मी कपुरको ६ वर्षअघि निधन भएको थियो । शशी कपुरले बहुचर्चित चलचित्रहरु ‘शर्मिली’, ‘दिवार’, ‘३६ चौरंगी लेन’, ‘सत्यम शिवम् सुन्दरम’ लगायत १ सय १६ वटा चलचित्रमा अभिनय गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?