रवि लामिछानेमाथि अनागरिकसरह व्यवहार भयो: कुसुम महर्जन [भिडियो अन्तर्वार्ता]

+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक आकाशमा उडान भरेको तीन वर्ष पूरा भएको छ। ७ असार २०७९ मा सञ्चारकर्मबाट बिदा लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो।

पार्टी गठनको तीन वर्षमै रास्वपाले निकै नै उतारचढाव देख्यो। पार्टीभित्रै महामन्त्री मुकुल ढकाल, सांसद डा. ढाकाकुरमा श्रेष्ठलाई कार्वाही गर्नेदेखि कार्वाहीको सृङ्खला जिल्ला र वडातहसम्म पनि देखियो।

रास्वपाको संसद्‌मा पनि उचारचढाव कम छैन। दुई पटक सरकारको अभ्यास गरेको रास्वपा अहिले प्रतिपक्षीको रुपमा छ। पार्टी स्थापनाको भएको पाँच महिनामै आम निर्वाचनमा भाग लिएको रास्वपा अन्य कैयन पुराना दललाई पछि पार्दै संसद्‌को चौथो दलको रुपमा उदायो।

पार्टी जीवनको तीन वर्षमा नै सफलता र असफलता भोगेको रास्वपा अहिले पनि नेतृत्वविहीन छ। सभापति लामिछाने सहकारी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन्। उनको संसद् पद निलम्बनमा छ।

यो तीन वर्षमा रास्वपाले के पायो? के गुमायो? नयाँ र सक्षम युवाहरूको पार्टीकारुपमा परिभाषित गर्दै आइरहेको रास्वपालाई राजनीतिक यात्रा कति सहज भयो? आदि विषयमा संस्थापक केन्द्रीय सदस्य कुसुम महर्जनसँग हामीले कुराकानी गरेका छौँ।

मर्जन करिब तीन दशक विभिन्न संघसंस्थामा आवद्ध भएर देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ र महिला तथा बालबालिका क्षेत्रमा काम गरिन्। उनकै शब्दमा भन्ने हो भने महर्जनलाई राजनीति मन पर्दैनथ्यो।

तर उनी रास्वपामा आवद्ध भइन्। अहिले उनी मानव विकास प्रवर्धन विभागकी प्रमुखको जिम्मेवारी छिन्। साथै प्रशिक्षण विभागको पनि सदस्य हुन्।

हेर्नुहोस् भिडियो–

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?