अन्तर्राष्ट्रिय महिला दिवस विशेष:

‘महिलाको भूमिकालाई उपेक्षा गरियो, दिवस मात्र होइन अरुबेला पनि बहस जरुरी छ’

‘महिलाको भूमिकालाई उपेक्षा गरियो, दिवस मात्र होइन अरुबेला पनि बहस जरुरी छ’
+
-

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष पनि नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ। महिला हक र अधिकारका विषयमा अधिकजसो चर्चा र बहस गर्ने गरेको पाइन्छ, नारी दिवसमा।

सदियौंदेखि महिलामाथि भएको विभेद र वर्तमानमा पनि यथावत् रहेको त्यसको प्रभावले नेपाली समाजमा महिला स्थापित हुन कठिन मानिन्छ। तथापि, अनेकन बाधा, अवरोध र समाजिक बन्देजका बाबजुद पनि यहीँ समाजमा महिलाले आफूलाई अब्बल सावित गरेका थुप्रै उदाहरणहरू छन्।

ती महिला जसले आफ्नो परिवारिक जिम्मेवारी मात्र नभएर समाज र समाजिक दायित्वका साथै आफ्नो कामकाजी जीवनलाई निकै प्रभावरी ढंगबाट अगाडि बढाएका छन्, जुन अन्य महिला पात्रका लागि प्रेरणा हुन सक्छ। हौसला हुनसक्छ।

समयको गतिशीलता र विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रमले महिलाको हकमा केहीँ हदसम्म परिवर्तन ल्याएको कुरा नकार्न सकिन्न। तर, पूँजीवादी व्यवस्था र बढ्दो बजार प्रतिष्पर्धामा महिला झनै दोहोरो शोषण (परिवार र कार्यक्षेत्र)मा परेको पनि देखिन्छ। पितृसत्ताका विभिन्न रूप र स्वरुपका बाबजुद पनि यहीँ समाजसँग जुध्दै आफूलाई स्थापित गर्ने महिलाहरूको पनि कमी छैन, नेपाली समाजमा। यस्तै एक उदाहरणीय पात्र हुन्, प्रतिनिधिसभा सांसद् एवम् पूर्वसञ्चारमन्त्री रेखा शर्मा।

२०४३ सालतिर राजनीतिक यात्राको प्रारम्भ गरेकी रेखा शर्मा नेपाली राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा लाग्नखोज्ने महिलाहरूका लागि उदाहरणीय पात्र हुन्। १७-१८ वर्षको कलिलो उमेरबाट सक्रिय राजनीतिमा होमिएकी उनी नेपाल सरकारको पूर्वसञ्चारमन्त्री समेत हुन्।

‘बलिया नेता’ मानिएका नेकपा एमालेका शंकर पोख्रेलसँग दाङ- २ मा भिड्दा रेखाको प्रतिष्पर्धालाई धेरैंले शंकाको नजरले हेर्थे। राजनीतिमा ‘अनुशासन र धीरता’ चाहिन्छ भन्ने कुरामा सधैं अडिग रहेकी रेखाले भने आफ्नो जितको बाटो सुरक्षित देखिन् र होमिइन्, चुनावमा । ‘जे काममा लाग्ने हो। एकदमै दत्तचित्त भएर लाग्नुपर्छ। धीरता भएन भने कुनैपनि काम सफल हुँदैन। राजनीतिमा त झनै धीरता चाहिन्छ। आफू केका लागि आएको हो? भन्ने कुरा स्वमनन् गरी अगाडि बढ्न सके लक्ष्य प्राप्त गर्न सकिन्छ,’ उनी भन्छिन्।

महिला, त्यसमाथि पनि माओवादीको राजनीतिक यात्रा, सहज पक्कै थिएन। तर, चुनौतिहरू नै सफलताको प्रस्थान विन्दु मान्ने शर्माले विभिन्न राजनीतिक उतारचढाबलाई डटेरै सामना गरिन्।

जनयुद्ध र त्यस अघि-पछिका अनेकन घटनाक्रममा कत्ति पनि बिचल्लित नभई निरन्तर रुपमा राजनीतिमा लागेकी उनी ०७० सालमा पहिलो पटक संविधान सभा सदस्य बनिन्। यसपछि ०७४ सालको निर्वाचनमा समानुपातिकबाट सांसद् बनेकी उनी नेपाल सरकारको सामान्य प्रशासन मन्त्री बनिन्।

त्यसपछि, गत निर्वाचनमा भने प्रत्यक्ष रुपमा चुनाव लडिन्, उनी। दाङ- २ का जनताको राम्रो समर्थन पाएकी उनी, नेपाल सरकारको सञ्चारमन्त्रीसमेत भइन्। सरकारको प्रवक्ता हुँदा उनले देखाको सक्रियताले राम्रै प्रशंसा पायो। स्वर्गद्वारी गुठी पीडितको सस्याका विषय हुन् या अन्य समयसामयिक कुरा सदनमा बलियो आवाज उठाउन क्रियाशील छिन्, यतिबेला पनि उनी।

महिलाले हरेक क्षेत्रमा पुरुषको भन्दा ज्यादा मेहनत गर्छन्। तर, उनीहरूको भूमिकालाई सधैं उपेक्षा गरेको पाइन्छ। नारी दिवसमा अरुबेला भन्दा चर्को आवाज उठ्नु स्वाभाविक हो। तर, अरुबेला पनि यस विषयमा बहस जरुरी छ।

महिला भएको कारणल ज्यादा अवसर पाएको भनी बेला-बेला आउने अफवाहहरूले कहिलेकाहीँ नमीठो गरी घोच्छन् पनि, उनलाई। ‘महिलाले हरेक क्षेत्रमा पुरुषको भन्दा ज्यादा मेहनत गर्छन्। हिजो अवसरै नपाएका महिला आज आउँदा केही कमजोरी पक्कै हुन सक्छन्। तर, महिलाको मेहनत उपेक्षा गरी। कोटाले मात्र पाएभन्दा नमीठो पनि सुनिन्छ,’ उनी भन्छिन्।

कानुन, नीति निर्माणदेखि लिएर समयसामयिक विषयमा सदनमा चर्को आवाज उठाउन महिलाले धेरैं मेहनत गरेको उनको जिकिर छ। ‘सबैकुरा जानेर कोही पनि आएको हुँदैन। अवसर पाएका महिलाहरू सिक्दै निखार्दै जानुभएको छ। पदको प्रलोभनमा आएका केही बाहेक धेरैं महिलाहरू आफूलाई हिजोभन्दा निखार्दै लैजानुभएको छ,’ उनी भन्छिन्।

विद्यार्थी राजनीति कालदेखि नै महिला हक, अधिकारका लागि बुलन्द आवाज उठाउँदै आएकी उनले पहिलेभन्दा अहिले महिलाको व्यक्तित्व विकास ज्यादा भएको अनुभव सुनाउँछिन्। विविन्न राजनीतिक र कानुनी व्यवस्थामा आएको परिवर्तनले महिलालाई बढी सक्रिय र अधिकारसम्पन्न बनाएको उनको जिकिर छ। यद्यपि, सामाजिक तहमा भने जति मात्रामा महिला सशक्तिकृत हुनुपर्ने हो त्यति मात्रामा हुन नसकेकोमा उनको गुनासो छ।

नारी दिवसजस्ता दिनहरूमा महिला अधिकार र सशक्तीरकणका कुराहरूमा हुने बहसबारे उनी निकै सकारात्मक छिन्। यस्ता खालका कार्यक्रम र बहसले महिलालाई झनै सक्रिय बनाउने र अधिकारका लागि लड्न प्रेरित गर्ने उनको ठम्याई छ। तर, तीज र नारी दिवसका बेलामा मात्र चर्को आवाज उठ्ने र अरुबेला सेलाउने प्रवृतिप्रति भने उनको गुनासो छ। ‘यस्ता खालका बहस पर्व या अकेजनको हिसाबले भन्दापनि सधैं उठ्नुपर्छ। सेलाउनु हुँदैन भन्ने लाग्छ। तर, स्पेसल अकेजनमा चर्को रुपले उठ्नु स्वाभाविक हो,’ उनी भन्छिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?