खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
+
-
देशसञ्चार AI सारांश
  • यमनका हुथी विद्रोहीहरू द्वन्द्वमा प्रत्यक्ष रूपमा सामेल भएपछि मध्यपूर्वमा हिंसा र द्वन्द्वले नयाँ आयाम लिइरहेको छ।
  • इरानले गम्भीर क्षेत्रीय आर्थिक जोखिम उत्पन्न गर्दै बहराइन र संयुक्त अरब इमिरेट्समा मिसाइल र ड्रोन हमला गरेको छ।
  • पाकिस्तानले इरान र अमेरिकाबीच वार्ताका लागि विदेशी मन्त्रीहरूलाई आव्हान गर्दै कूटनीतिक पहल अघि बढाएको छ।

यमनका हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष रूपमा सामेल भएसँगै मध्यपूर्व द्वन्द्व थप जटिल बन्दै गएको छ। यसैबीच इरानले खाडी क्षेत्रमा रहेका दुई प्रमुख एल्युमिनियम प्लान्टमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर्दै क्षेत्रीय आर्थिक जोखिम थप गहिरिएको सङ्केत दिएको छ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलद्वारा गरिएको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ। यसले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गर्नुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता बढाएको छ। वासिङ्टन र तेहरानबीच सम्भावित वार्ताको अवस्था अझै अनिश्चित रहँदा दैनिक आक्रमण र प्रतिआक्रमण जारी छन्।

आइतबार बिहान तेहरानमै दुई शक्तिशाली विस्फोटले सहर हल्लिएको एएफपीका संवाददाताले जनाएका छन्, यद्यपि लक्षित स्थान स्पष्ट हुन सकेको छैन। कतारी समाचार च्यानल अल अरबीले आफ्नो तेहरानस्थित कार्यालय रहेको भवनमा इजरायली क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ।

सार्वजनिक गरिएको भिडियोमा फुटेका झ्याल, चकनाचुर काँच र बाहिर सडकभरि छरिएका भग्नावशेष देखिएका छन्। एक स्थानीय कलाकारका अनुसार अघिल्लो रातको आक्रमण यति तीव्र थियो कि ‘सम्पूर्ण सहर नै थरथराएको’ अनुभूति भएको थियो।

इरानको राज्य सञ्चारमाध्यमका अनुसार अमेरिका–इजरायल आक्रमणले स्ट्रेट अफ होर्मुज नजिकैको बन्दर खमीर बन्दरगाह क्षेत्रमा पनि प्रहार गरेको छ। उक्त क्षेत्रबाट इरानले शत्रु शक्तिहरूसँग सम्बन्धित ढुवानी रोकिएको दाबी गरेको छ।

यसको जवाफस्वरूप इरानको रिभोलुसनरी गाड्र्सले बहराइन र संयुक्त अरब इमिरेट्समा रहेका विश्वका दुई ठूला एल्युमिनियम उद्योगसँग सम्बन्धित प्लान्टहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। ती उद्योगहरूलाई अमेरिकी सेना र एयरोस्पेस क्षेत्रसँग सम्बन्धित भन्दै लक्ष्य बनाइएको बताइएको छ। एमिरेट्स ग्लोबल एल्युमिनियमले आक्रमणमा छ जना घाइते भएको र संरचनामा ठूलो क्षति पुगेको जनाएको छ भने बहराइनमा एल्युमिनियम बहराइनका दुई कर्मचारी घाइते भएको त्यहाँको राज्य मिडियाले पुष्टि गरेको छ।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले शनिबार इजरायलका रणनीतिक स्थानहरूमा ‘क्रुज मिसाइल र ड्रोनको व्यापक आक्रमण’ गरेको दाबी गर्दै युद्धमा आफ्नो पहिलो प्रत्यक्ष सहभागिता जनाएका छन्। यसले द्वन्द्वलाई लाल सागर क्षेत्रसम्म विस्तार गर्ने सङ्केत दिएको छ, जसले साउदी अरेबियालाई आफ्नो तेल निर्यात मार्ग परिवर्तन गर्न बाध्य बनाएको छ।

यसअघि पनि गाजामा इजरायलको सैन्य कारबाहीका क्रममा हुथीहरूले लाल सागर र एडनको खाडीमा जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए, जसका कारण अन्तर्राष्ट्रिय व्यापारिक मार्गहरू प्रभावित भएका थिए।

द्वन्द्व विस्तार हुँदै जाँदा इराक र सिरिया पनि प्रभावित बन्दै गएका छन्। सिरियाली अधिकारीहरूले आइतबार इराकबाट अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी पठाइएको ड्रोन आक्रमण विफल बनाइएको बताएका छन्, जुन इरान समर्थित समूहहरूले दाबी गरेका आक्रमणहरूको शृङ्खलापछि भएको हो।

तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले सोमबार इस्लामाबादमा साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई आमन्त्रण गर्दै कूटनीतिक पहल अघि बढाएको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरानी समकक्षीसँगको संवादमा वार्ता नै स्थायी समाधानको मार्ग भएको उल्लेख गरेका छन्। जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि अमेरिका–इरान प्रत्यक्ष वार्ता छिट्टै हुन सक्ने सङ्केत गरेका छन्।

अमेरिकी पक्षबाट पनि गतिविधि तीव्र देखिएको छ। अमेरिकी विशेष दूत स्टिभ विटकफले १५ बुँदे समाधान प्रस्ताव अघि सारेको जनाइएको छ। यसैबीच, करिब तीन हजार ५०० मरीन र नाविक बोकेको युएसएस त्रिपोली युद्धपोत मध्यपूर्व पुगेको छ।

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले अमेरिका आफ्ना सैन्य उद्देश्य पूरा गर्न सफल भएको दाबी गर्दै पनि युद्ध अझ केही समय जारी रहने सङ्केत गरेका  छन्। यसैबीच पेन्टागनले खारग टापु र स्ट्रेट अफ होर्मुज आसपास सम्भावित स्थल कारबाहीका लागि योजना बनाइरहेको समाचार सार्वजनिक भएको छ, यद्यपि राष्ट्रपति ट्रम्पले औपचारिक स्वीकृति दिएका छैनन्।

यस तनावपूर्ण अवस्थाबीच इरानले अमेरिकी विश्वविद्यालयहरूलाई पनि चेतावनी दिएको छ। रिभोलुसनरी गार्ड्सले अमेरिका–इजरायल आक्रमणको निन्दा नगरे मध्यपूर्वस्थित अमेरिकी क्याम्पसहरूलाई लक्ष्य बनाइने धम्की दिएको छ।

अर्कोतर्फ, लेबनानमा इजरायली आक्रमण जारी छ। तेहरान समर्थित हिजबुल्लाहले मार्च २ मा इजरायलतर्फ रकेट प्रहार गरेपछि सुरु भएको झडपमा शनिबार तीन पत्रकार मारिएका छन्। लेबनानी राष्ट्रपति जोसेफ अउन र प्रधानमन्त्री नवाफ सलामले उक्त घटनालाई युद्ध अपराधको संज्ञा दिए। स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायली आक्रमणमा नौ जना प्यारामेडिक्सको पनि मृत्यु भएको छ।

आइतबार इजरायलले दक्षिण लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच बेरुत नजिक विस्थापित एक आमा नासिमा इस्माइलले आफ्ना सन्तानको सुरक्षाको कामना गर्दै ‘हाम्रोभन्दा राम्रो दिन देखून्’ भन्ने आशा व्यक्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?