पाँच वर्षे राष्ट्रिय पदयात्री दाङ आइपुगे, प्रधानमन्त्री बालेनलाई भेट्ने इच्छा

पाँच वर्षे राष्ट्रिय पदयात्री दाङ आइपुगे, प्रधानमन्त्री बालेनलाई भेट्ने इच्छा
+
-
देशसञ्चार AI सारांश
  • मदन केसी र समिर न्यौपाले नेपाल चिन्ने र बनाउने संकल्पसहित पाँच बर्षे राष्ट्रिय पदयात्रा आरम्भ गरेका छन्।
  • पदयात्राको उद्देश्य नेपालका दुर्गम गाउँ, ऐतिहासिक स्थल र प्राकृतिक क्षेत्रको अन्वेषण गर्दै जनचेतना र जागरण ल्याउनु हो।
  • समिर न्यौपानेले यात्रामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सुरक्षा सुनिश्चितताको सन्देश पनि समेटेको बताए।

दाङ – सल्यानका मदन केसी र समिर न्यौपाले दुई युवाले नेपाल चिन्ने र नेपाल बनाउने संकल्प सहित पाँच बर्षे राष्ट्रिय पदयात्रा जारी राखेका छन्। लुम्बिनीको बुद्धभूमिबाट चैत ५ गतेबाट सुरुभएको पदयात्राका दुई जना यात्री शनिबार दाङको लमही आईपुगेका छन्।

दैनिक १५ देखी २५ किलोमिटर हिँड्ने, स्थानीय समुदायसंग बस्ने, गाउँमा संवाद गर्र्ने, भिडियो, फोटो र लेखनद्वारा दस्तावेज बनाउने गरेका छन्। नेपालका सात वटै प्रदेशका दुर्गम गाउँ, ऐतिहाँसिक स्थल, प्राकृतिक क्षेत्र सबै ठाउँमा पाइला टेक्ने लक्ष्य राखिएको छ।‘नेपालको राष्ट्रिय स्वाधिनताको बिषय, जनचेतना र जागरणको बिषयलाई प्राथमिकतामा राखेर यो यात्रा तय गरेका हौं’केसीले भने,‘यो यात्रा लगातार निरन्तर चल्ने छ।’

अर्का यात्री न्यौपानेले विदेशमा रहेका नेपालीहरुको सुरक्षालाई सुनिश्चितताको सन्देश सहित यात्रा सुरु गरेको बताए। उनका बुवा पनि वैदेशीक रोजगारीमा रहेकाले सबैको सुरक्षाको बिषयलाई मुद्धा बनाएको जनाए।

‘म सबै नेपालीको सुरक्षा सुनिश्चित भएको सुन्न, देख्न र अनुभव गर्न चाहन्छु’उनले भने,‘यही सन्देशका साथ यात्रामा निस्किएको हुँ।’ न्यौपानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने ईच्छा समेत व्यक्त गरे।‘यो कठोर यात्रामा छौं। यो यात्राको क्रममा प्रधानमन्त्रीलाई भेटेर धेरै कुरा सुनाउन चाहन्छौं’उनले भने,‘त्यो दिन अवस्य आउने छ, हामिले प्रधानमन्त्री बालेन लाई भेट्ने छौं।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?