ढोरपाटनमा दोस्रो यामको सिकार सुरू

ढोरपाटनमा दोस्रो यामको सिकार सुरू
+
-

गलकोट – नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ। ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो।

दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। उनका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलकोसमेत सिकार गर्न अनुमति दिइएको छ।

ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिइएकामा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार खेलेर फर्किएका जनाउँदै रेञ्जर सुवेदीले हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटन क्षेत्रमा सिकार खेल्न व्यस्त रहेका बताए।

‘विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजश्व बुझाएर अनुमति लिन्छन्। दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसँग आवश्यक सामग्री व्यवस्थापनमा व्यस्त छन्,’ रेञ्जर सुवेदीले भने। उनका अनुसार दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न अनुमति पाएका छन्।

यस्तै, ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालिमार्फत अमेरिका, बेल्जियम र फ्रान्सका नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमति पाएका छन्। नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्सका नागरिकले सिकार खेल्ने अनुमति पाएसँगै तयारीसहित नेपाल आउन लागेका रेञ्जर सुवेदीले जानकारी दिए।

त्यस्तै, ग्लोबल सफारिज प्रालिमार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले चार नाउर, दुई झारल र चार बनेलको सिकार गर्न अनुमति पाएका छन् भने हिमालयन सफारिज नेपाल प्रालिमार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बनेल सिकारको अनुमति पाएकामा एक नाउर र एक झारलको सिकार भइसकेको छ।

ट्रेक एण्ड देलर्स प्रालिमार्फत स्पेनी नागरिकले एक झारल, एक नाउर र एक बनेल सिकारको अनुमति पाएका सुवेदीले उल्लेख गरे। उनका अनुसार चालु आर्थिक वर्षको पहिलो सिकारयाममा रु तीन करोड तीन लाख राजस्व सङ्कलन भएकामा दोस्रो सिकारयामका लागि सिकारी आउनेक्रम जारी रहेकाले राजस्व सङ्कलनको काम भइरहेको छ।

रेञ्जर सुवेदीले भने, ‘१४ नाउर, १० झारल र १३ बनेलको सिकार खेल्न विभागले अनुमति दिएकामा अहिलेसम्म एक नाउर र एक झारलको सिकार भइसकेको छ । अन्य केही सिकारी सिकार खेल्न व्यस्त छन् भने केही सिकारी नेपाल आउने क्रममा छन्।’

पहिलो सिकार याममा एउटै नाउरबाट रु १९ लाख र झारलबाट १८ लाखसम्म राजस्व सङ्कलन भएको जनाउँदै उनले दोस्रो यामका लागि कम मूल्यमा सिकार अनुमति दिइए पनि सिकारी आउनेक्रम जारी रहेकाले सिकारयाम सकिएपछि मात्रै राजस्व सङ्कलनको वास्तविक विवरण आउने बताए।

सिकारी बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो सातादेखि नेपाल आउन थालेका छन्। विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन्। सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका रेञ्जर सुवेदीले बताए। उनका अनुसार विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गरी अनुमति दिने गर्दछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकारयाम असोज-मङ्सिर र दोस्रो सिकारयाम फागुन-वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ। ‘विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ। जङ्गलमा बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन्। साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ,’ उनले भने।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्दछ। नाउर र झारलको मूल्य, ब्लकको अग्रिम भुक्तानी, अनुपति (लाइसेन्स), हेलिकप्टरलगायत बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीको करिब रु ३० देखि रु ३५ लाखसम्म खर्च हुने गरेको रेञ्जर सुवेदीले जानकारी दिए।

विदेशी तथा आर्थिक अवस्था सबल भएकाको रोजाइमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले भने पाएका छैनन्। सिकार आरक्षको सुरक्षा विसं २०७३ देखि नेपाली सेनाले गर्दै आएको छ। विंस २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ भने यसको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?