पोखरेली लेखक गनेश पौडेल बने पर्यटनमन्त्री

पोखरेली लेखक गनेश पौडेल बने पर्यटनमन्त्री
+
-
देशसञ्चार AI सारांश
  • बालेन्द्र शाह नेतृत्वको सरकारमा गनेस पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

  • गनेस साहित्यकार हुन्, उनी नेपाली आख्यानको बलियो मानकमा स्थापित छन् र विश्व साहित्यको अनुवादमा सेतुका रूपमा चिनिन्छन्।

  • गनेसको राजनीतिक यात्रा पोखराको मझेरी पुस्तकालयबाट सुरु भई राष्ट्रिय स्वतन्त्र पार्टीमा समेटिएको छ।

काठमाडौँ- बालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयाउन मन्त्रालयको जिम्मेवारी पाएका हुन्। उनले राष्ट्रपति समक्ष सपथ लिइ सकेका छन्।

पोखराको बौद्धिक तथा सामाजिक क्षेत्रमा दुई दशकदेखि निरन्तर बोल्दै आएका गनेस साहित्यिक वृत्तमा चर्चित नाम हो। देशभरि हुने साहित्यिक महोत्सवमा पुग्छन् र नेपाली कला साहित्य र संगीतका बारेमा खुलेर बिचार राख्छन्।

पठन संस्कृतिका प्रवर्द्धकसमेत रहेका पोखरेली गनेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट विजयी भएसँगै संघीय संसदको यात्रासँगै उनी पर्यटन भएका हुन्। पूर्वीय र पश्चिमा साहित्यलाई गहिरो बुझेका गनेसले कला संस्कृतिका बारेमा पनि दख्खल राख्दै आएका थिए। संसद बनेसँगै उनी मन्त्री बनेका छन्।

को हुन् गनेस ?

मूलत: उनी साहित्यकार हुन्। उनी शब्दका साधक हुन्। सरकारी कागजमा उनको नाम खडकराज पौडेल रहे पनि गनेस नामले चिनिन्छन्। र यतिखेर उनले नागरिकताको नामलाई पनि राजनीतिमार्फत् उचाइमा पुर्‍याएका छन्। आफ्नो नाममा गहिरो दार्शनिक चेत लुकेको बताउँने गरेका गनेस अक्षरको खेतीमा रमाउँथे।

उनको लेखकीय व्यक्तित्वको चर्चा गर्दा ‘पैताला’ उपन्यासलाई बिर्सन सकिँदैन, जसले उनलाई नेपाली आख्यान साहित्यमा एउटा बलियो मानकका रूपमा स्थापित गर्‍यो। स्वरैकल्पनामा आधारित उपन्यासले उनलाई लेखक तथा आख्यानकार बनाएको थियो। उनी केवल लेखक मात्र होइनन्, विश्व साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने सेतु पनि हुन्।

साहित्यिक मञ्चहरूमा तिख्खर र सटिक समालोचकीय क्षमताका धनी उनीसँग समाजका जटिलभन्दा जटिल मुद्दालाई पनि सरल र बोधगम्य भाषामा चिरफार गर्ने सहास राख्दै आएका लेखक हुन् गनेस। उनी गीत, संगीत, भाषा र संस्कृतिलाई पनि नजिकबाट बुझेका छन्।

प्रकृतिको अपार प्रेम पाएको पोखरा निवासी गनेस पोखेरलीमाझ साहित्यिक छलफल निरन्तर चलाउँदै आएका थिए । देश भरको साहित्यकारलाई बोलाउँथे । पठन संस्कृतिको विकासका लागि उनले अहिले पनि निरन्तरता दिँदै आएका छन्। ‘रिड एण्ड फिड’ को नारासहित स्थापित ‘र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपाल’का उनी संस्थापक सचिव हुन् उनी। साथै मझेरी पुस्तकालयको जग बसाल्ने पनि उनै हुन्। पुस्तकालय केवल पुस्तक राख्ने दराज होइन, यो चेतनाको केन्द्र हुनुपर्छ भन्ने उनको दृढ विश्वास राख्छन्, उनी।

उच्च शिक्षाको क्षेत्रमा दुई दशकभन्दा लामो योगदान गरेका गनेसले शिक्षण पेशा पनि गरे। प्लस टु र स्नातक विज्ञानमा गरेका गनेसले स्नातकोत्तर व्यवस्थापन विषयमा गरेका छन्।

शिक्षण शैलीमा सिर्जनशीलता खोज्दै आएका गनेसले किताबका सिद्धान्त मात्र पढाएनन्, जीवन जिउने कला र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउँदै आएका थिए विद्यार्थीमाझ।

केही न केही नयाँ उत्पादन गरिरहन रुचाउँने लेखक र सर्जकहरूका लागि शान्त र आवासीय वातावरणमा लेखपढ गर्ने ठाउँको अभाव खड्किएपछि उनले ‘सृजना ग्राम’को अवधारणा पनि ल्याएका थिए। जहाँ फामहाउस, चमेना गृह र आवासीय सुविधासहितको प्रबन्ध गरे। यो ठाउँ आज नेपालका प्रतिष्ठित लेखक र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका लागि आत्मीयता साट्ने र न्यानो हार्दिकता पाउने थलो बनेको छ।

सामाजिक न्याय र अटेरी विद्रोह गनेस कोठामा बसेर मात्रै लेखेनन्। पोखरेली माझ पनि उनी लोकप्रिय छन्।  मैदानमा उत्रने योद्धा हुन्। ‘अटेरी अभियान’का एक अभियन्ता गनेस पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मुआब्जा नपाएका जग्गाधनीहरूको न्यायका लागि उनले सङ्घर्ष समितिको नेतृत्व गरेका थिए। भ्रष्टाचार, अनियमितता र सामाजिक विसङ्गति विरुद्ध उनको स्वर सधैँ चर्कियो।

२०७९ को स्थानीय तहको निर्वाचनमा उनले लौरो चुनाव चिह्न लिएर पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव त जितेनन्, तर ३ हजार ३० मत प्राप्त गर्दै पोखरेलीको मन र परम्परागत दलहरूको निद्रामा केही बेचैनी थपेका थिए।

राष्ट्रिय स्वन्तन्त्र पार्टीमा जोडिएको धेरै समय भएको थिएन तर उनको निरन्तरताले मन्त्री बने। पोखराको सडक र मझेरी पुस्तकालयको आँगनबाट सुरु भएको राजनीतिले उनलाई मन्त्री पदसम्म पुर्‍यायो।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्री गनेस

कास्की-१ ( गण्डकी प्रदेश )बाट सांसद जितेका गनेसले ३९,८८३ मत ल्याएका थिए।

काठमाडौँका मेयर बालेन शाहको टिम र विवेकशील साझाको पृष्ठभूमिबाट आएका व्यक्तित्वहरूसँगै गनेसको रास्वपामा प्रवेशबाटै उनको राजनीति चुलिएको थियो।

बालेन टिमको कोटाबाट केन्द्रीय नेतृत्वमा पुर्‍याइनुले रास्वपाले गण्डकी प्रदेशमा आफ्नो संगठनलाई वैचारिक र रणनीतिक रूपमा बलियो बनाउने क्रममा उनी बालेन सरकारको मन्त्री भएका हुन्।

गनेस पौडेल एक यस्ता बहुआयामिक व्यक्तित्व हुन्, जसमा विद्वताको गहिराइ, लेखकको संवेदनशीलता, उद्यमीको सक्रियता र राजनीतिज्ञको दूरदृष्टि समाहित छ।

कोमल हृदयका धनी र सहयोगी भावनाका कारण प्रियजनका माझ आँखामा राखे पनि नबिझाउने छवि बनाएका उनी अब राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेका छन्।

अक्षरको खेतीबाट सुरु भएको उनको यात्राले अब राज्य सञ्चालनमा उनको महत्वपूर्ण भूमिका रहनेमा उनका नजिकका मित्रहरू विश्वश्सत रहेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?