लुम्बिनीमा क्षयरोगको संक्रमण कति?

लुम्बिनीमा क्षयरोगको संक्रमण कति?
+
-

दाङ – लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी)को संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा टिबीसम्बन्धी सूचकहरूमा मिश्रित अवस्था देखिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ जना संक्रमित रहेकोमा आव २०७८/७९ मा १५८ पुगेको थियो। त्यसपछि केही उतारचढावका बीच २०८०/८१ मा १६४ पुगेको यो दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ।

उपचार सफलता दर २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ९४ प्रतिशत पुगेको छ। तर, मृत्युदर ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहनुले समयमै पहिचान र उपचारमा अझै चुनौती रहेको देखिएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी टिबीका बिरामी रुपन्देहीमा भेटिएका छन्, जहाँ १ हजार १ सय १५ केस दर्ता भएका छन्। त्यसपछि दाङमा ७ सय ७४, बाँकेमा ५ सय ७९, कपिलवस्तुमा ५ सय ६२ र बर्दियामा ३ सय ८० केस रहेका छन्। पहाडी जिल्लाहरूमा संख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

प्रदेशभर कुल ४ हजार ५ सय ८ टिबी बिरामी दर्ता भएका छन्। स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस दर ८५ दशमलव ९५ प्रतिशत रहेको छ भने उपचार सफलता दर करिब ९० प्रतिशत पुगेको छ।

टिबी र एचआईभी सह–संक्रमणका ३२ केस र एआरटी सेवामा रहेका २० बिरामी फेला परेका छन्, जसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ।

यस वर्ष ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित विश्व क्षयरोग दिवस २०२६ मनाइएको छ। सोही अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले साझा प्रयासबिना क्षयरोग नियन्त्रण सम्भव नहुने बताउँदै समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?