‘नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि’

‘नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि’
+
-
देशसञ्चार AI सारांश
  • मन्त्री श्रद्धा श्रेष्ठले कार्यकालका १०० दिनमा नीतिगत, संरचनागत र सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु गरेकी छन्।
  • मन्त्रालयले लैङ्गिक समानता, सामाजिक न्याय, तथा समावेशी शासनमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
  • अन्तर्राष्ट्रिय सहभागिता, नीतिगत सुधार, तथा सेवा÷सहायता वितरणमा प्राथमिकता दिँदै डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गरिएको छ।

काठमाडौँ –  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छन्।

उनले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गरेकी हुन्। उनका अनुसार करिब १०० दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु भएका छन्। सो अवधिमा मन्त्रालयले समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेको छ।

नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तरराष्ट्रिय कार्यालयमा सहभागिता र कुटनीतिक भेटघाट, निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि, सेवा÷सहायता सामग्री वितरण, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क प्रणाली सुदृढीकरणलगायत उपलब्धि मन्त्री श्रेष्ठले उल्लेख गरिन्।

यस अवधिमा मन्त्रालयले नीतिनिर्माण र सुधारलाई प्राथमिकता दिएको छ। मानव बेचबिखन तथा ओसारप्रसार(नियन्त्रण) (दोस्रो संशोधन)नियमावली, २०८२ को मस्यौदा तथा राष्ट्रिय बालबालिका नीति २०८० कार्यान्वयनको कार्ययोजनाको मस्यौदा तयार भएको छ।

यसैगरी लैङ्गिक हिंसा सम्बोधन गर्न लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नुवाकोटमा बालसुधार गृह स्थापना गरिएको छ। यसैगरी भक्तपुरमा निजामती कर्मचारीका शिशुका लागि दिवा शिशु स्याहार स्थापना गर्ने निर्णय भएको छ।

मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्बोधन गर्ने गरी सुरुआती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एमबोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ।

समाज कल्याण परिषद्को कामकारबाहीलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन ‘डिजिटल सेवा प्रवाह प्रणाली’ शुभारम्भ गरिएको छ।

जेनजी आन्दोलनमा घाइते तथा प्रभावितहरुसँग निरन्तर छलफल भेटघाट तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तीकरणका कार्यक्रमा समेट्ने गरी प्रतिबद्धता गरिएको छ। तथ्याङ्क प्रणाली सुदृढीकरण गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग समबन्धित ७६ जिल्लाको डाटाबेस बनाइएको छ।

प्रतिवेदनमा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यक्षेत्रका विषयमा दीर्घकालीन सुधारका लागि कानुनी सुधार गर्न लामो प्रक्रिया र समय लाग्ने समस्या उल्लेख गरेकी छन्।

मन्त्रालयले छोटो अवधिमा निर्वाचन केन्द्रित रहँदै विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रत्यक्ष सेवा सुधारका लागि महत्वपूर्ण पहलहरु अघि बढाएको मन्त्री श्रेष्ठले सार्वजनिक गरेकाे प्रगति विवरणमा उल्लेख छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?