अ
+
अ
अ
-
काठमाडौं –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मुख्यमन्त्री आचार्य शनिबार ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, नेकपा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति थियो।