दाङ – नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेसनमा भएको आगलागी नियन्त्रणमा आएसँगै मर्मतको काम सुरु भएको छ।
आगलागीका कारण देउखुरी क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ। दिउँसो १ बजे सबस्टेसनमा आगलागी भएको र आगलागी नियन्त्रणपश्चात मर्मतको काम सुरु भएको लमही वितरण केन्द्रका इञ्जिनियर प्रतिक्षा न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार मर्मत कार्य सकिएपछि विद्युत सुचारु हुनेछ। ‘के कति क्षती भएको छ? त्यसबारेमा बुझ्ने काम पनि चलिरहेको छ। साथै प्राविधिक कर्मचारीहरू मर्मतको काममा जुटिसक्नुभएको छ,’ उनले भनिन्,‘इनकमर वान र इनकमर टु को विद्युत सप्लाई बन्द भएको छ। यी क्षेत्रमा के कसरी विद्युत वितरण गर्न सकिन्छ हामी कोशिस गर्दै छौँ।’

इनकमर वान र इनकमर टुमा मौरीघाट, कालाकाटे, गढवा, भालुबाङ, लमही खानेपानी, रिहार, रातोडाँडा र लमही क्षेत्र रहेको छ।
