दाङ – विश्व मुद्रा सप्ताह २०२६ (स्मार्ट मनी टक्स) को उपलक्ष्यमा सांग्रिला विकास बैंक लिमिटेड लमही शाखाको आयोजनामा लमही नगरपालिका–७ हसानापुरस्थित अर्जुन माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ६० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत २५ जना दलित, जनजाति तथा अति विपन्न र जेहनदार विद्यार्थीहरूलाई १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री, कपी र कलम वितरण गरिएको थियो।

बैंकका दाङ उप–समूह प्रमुख आस कुमार जरेजुको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ७ की महिला सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक महेश न्यौपाने, शिक्षक भोजराज चौधरी, माधुरी चौधरी लगायतको उपस्थितीमा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रशिक्षण बैंकका लमही शाखाका शाखा प्रबन्धक तेज बहादुर नेपालीले दिएका थिए भने सहजीकरण कर्जा फाँटका कर्मचारी शैलेश चौधरीले गरेका थिए।