लमहीमा चैत १५ देखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता हुँदै

लमहीमा चैत १५ देखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता हुँदै
+
-
देशसञ्चार AI सारांश
  • लमही नगरपालिकामा चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता क्रिकेट, फुटबल र ब्याडमिन्टन विधामा आयोजना हुनेछ।
  • प्रतियोगिता युवालाई खेलकुदतर्फ आकर्षित गरी स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
  • प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको दर्ता निःशुल्क गरिने र खेलाडी स्थानीय हुनुपर्ने जनाइएको छ।

दाङ- लमही नगर निर्माण महाअभियान अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यही चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

प्रतियोगिता अन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टन गरी तीन विधाका खेल समावेश गरिएका छन् । व्याडमिन्टन प्रतियोगिताको लागि सूर्योदय युवा क्लब लमही-३, फल्कापुर, क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट क्लब लमही-५ र फुटबल प्रतियोगिता न्यु डाँफे युवा क्लब लमही ४, चैलाहीले पेश गरेका प्रस्तावहरू कार्यपालिकाले अनुमोदन गरेको हो ।

तीनवटै खेलको उद्घाटन कार्यक्रम चैत १५ गते संयुक्त रूपमा गरिने लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिए ।

उनका अनुसार क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट अन्तर्राष्ट्रिय स्टेडियममा, ब्याडमिन्टन प्रतियोगिता देउखुरी ब्याडमिन्टन कभर्ड हलमा तथा फुटबल प्रतियोगिता लमही-६ स्थित सिसौ बगरमा सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको दर्ता निःशुल्क गरिएको छ । साथै, खेलाडीहरू लमही नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने हुनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवामा सकारात्मक ऊर्जा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?