लमहीमा घरदैलोमै पुगेर व्यक्तिगत घटना दर्ता

लमहीमा घरदैलोमै पुगेर व्यक्तिगत घटना दर्ता
+
-
देशसञ्चार AI सारांश
  • लमही नगरपालिकाले व्यक्तिगत घटना दर्ता सहज बनाउन नागरिकलाई घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान थालेको छ।
  • नगर प्रमुखले जन्म, मृत्यु र विवाह जस्ता घटनाहरू समयमै दर्ता गराउनु आवश्यक भएको बताए।
  • उपप्रमुख लक्ष्मी योगीले यस अभियानले नागरिकलाई दर्ता प्रक्रियामा ल्याउन सहयोग पुग्ने बताइन्।

दाङ – लमही नगर निर्माण महाअभियानअन्तर्गत लमही नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ।

नगरपालिकाले जन्म, मृत्यु लगायतका व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको हो। यस अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

यसै क्रममा सोमबार लमही नगरपालिका वडा नं. ६ मा केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्यु दर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। सो अवसरमा प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।

घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडा अध्यक्ष श्यामनारायण चौधरी, वडा सचिव बिन्तिराम चौधरी लगायतको उपस्थिति थियो।

नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए। उनले जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता घटनाहरू समयमै दर्ता गराउनु आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार घटना दर्ता नागरिकताको प्रमाण, सामाजिक सुरक्षा भत्ता, शैक्षिक सेवा तथा अन्य प्रशासनिक सुविधा प्राप्त गर्नका लागि महत्वपूर्ण आधार मानिन्छ।

घरदैलोमै पुगेर सेवा प्रदान गर्दा नागरिकलाई सहजता मिल्नुका साथै सबै नागरिकलाई घटना दर्ताको दायरामा ल्याउन सहयोग पुग्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताइन।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार नागरिकलाई घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?