परियारलाई प्रश्न-रास्वपा फुट्छ कि फुट्दैन?

+
-

काठमाडौँ– फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाई छेउको बहुमत प्राप्त भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिकतर्फ पनि ५१ लाख मत कटाउँदै दुईतिहाई छेउमा पुगेको हो।

२०७२ मा संविधान बनेपछि पहिलोपटक रास्वपाको एकल सरकार बन्दैछ। रास्वपाको एकल सरकार बन्ने संघारमा रहँदा ठूला दलहरू कांग्रेस, एमाले, नेकपालगायत दलहरू भने झिनो सिटसहित संसदको किनारमा परेका छन्।

मधेसवादी दललगायत अन्य साना दल यसपटक संसदमा देखिने छैनन्। जसमा रास्वपा छाड्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पनि एक हो। प्रलोपाको अध्यक्षमण्डलका एक सदस्य रास्वपा छाडेका सन्तोष परियार हुन्।

प्रलोपाले यस निर्वाचनमा समानुपातिकतर्फ करिब २४ हजार मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।

एक सिट पनि नजित्ने चुनाव किन लडेको? रास्वपाले बहुमत ल्याउनुको कारण के हुन सक्छन्? रास्वपाको एकल सरकारले देशको समृद्धिको सपना साकार हुन कति सम्भव छ? कि रास्वपा पनि टुटफूटमा जान सक्ने सम्भावना छ? अबको देशको भविष्य कस्तो देखिन्छ? लगायत विषयमाथि हामीले कुरा गरेका छौँ।

परियार भक्तपुर निवासी हुन्। उनले पत्रकारितामा स्नातक र द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर गरेका छन्। सीमान्तकृत समुदायका लागि आवाज बन्दै आइरहेका उनी राजनीतिमा आउनुअघि प्रध्यापन गर्ने गर्थे।

भिडियो–

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?