रासायनिक मलका लागि बिहान ५ बजेबाटै किसानको लाइन (तस्बिरसहित)

रासायनिक मलका लागि बिहान ५ बजेबाटै किसानको लाइन (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • किसानहरू अनुदानको रासायनिक मलको अभाव नभए पनि सहकारीले वितरण प्रक्रिया सहज नबनाउँदा लाइनमा बस्न बाध्य छन्।
  • कृषि सामाग्री कम्पनी लिमिटेडले प्रदेश सरकारद्वारा निर्धारण गरिएको कोटाको आधारमा मल वितरण गर्दै आएको छ।
  • हाल लमहीमा यूरिया २१७.२५ मेट्रिटन, डिएपी ४३.५ मेट्रिकटन, पोटास ३६.१ मेट्रिकटन उपलब्ध छन्।

दाङ- प्रिया चौधरीले झण्डै एक विगाह जग्गामा मकै खेती गरेकी छन् । मकैका लागि रासायनिक मल चाहिने । प्रिया बिहान ५ बजेबाट सहकारी कार्यालयको अगाडि लाइनमा छिन् । रासायनिक मलको अभाव नभएको कृषि सामाग्री कम्पनीले बताउँदै आए पनि किसान भने अनुदानको रायनिक मलका लागि लाइनमा बस्न बाध्य छिन् ।‘किसानलाई दुःख धेरै छ । लाइन नबसी मल पाइँदैन’ उनले भनिन्,‘बिहान पाँचबजेबाट लाइनमा बसियो । अब पालो कहिले आउने हो?’

बिहान १० बजे कार्यालय खुल्छ । तर, किसान भने घण्टौँ अघिबाट लाइनमा बस्ने गरेका छन् । ‘रासायनिक मल धेरै चाहिन्छ । तर, पाइन्छ थोरै । लाइन नबस्ने हो भने मल नै पाइँदैन’ उनले सुनाइन्,‘दुधे बालबच्चा बोकेर लाइनमा बस्नुपर्ने अवस्था छ ।’

चित्रबहादुर चौधरी पनि लाइनमा छन् । रासायनिक मल लिन उनी लाइनमा बसेका हुन् । ‘गहुँ, मकै छ । त्यसलाई धेरै मल चाहिन्छ । तर, आधा बोरा मात्रै मल दिन्छन्’ उनले भने,‘कहिले होला लाइनमा नबस्नेगरी सजिलै मल पाइने ।’

किसान अनुदानको रासायनिक मलका लागि लाइनमा बस्दै आएका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेडले प्रदेश सरकारले निर्धारण गरेको कोटाको आधारमा मल वितरण गर्दै आएको हो ।

अहिले रासायनिक मलको अभाव नभए पनि सहकारी संस्थाले वितरण प्रक्रिया सहज नबनाउँदा किसान लाइनमै बस्न बाध्य भएका हुन् । चारवटा स्थानीय तहमा ४८ वटा सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण भइरहेको हो ।

लमही नगरपालिकामा १९, गढवा गाउँपालिकामा ११, राप्ती र राजपुरमा ९/९ वटा सहकारी संस्थाले अनुदानको रासायनिक मल वितरण गर्दै आएका छन् ।

अहिले कृषि सामाग्री कम्पनी लमहीमा यूरिया २१७.२५ मेट्रिटन, डिएपी ४३.५ मेट्रिकटन, पोटास ३६.१ मेट्रिकटन, चुन ११.६७ स्टक छ ।

तस्बिरहरू: 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?