रास्वपा दाङद्वारा मतदाताप्रति आभार व्यक्त

रास्वपा दाङद्वारा मतदाताप्रति आभार व्यक्त
+
-
देशसञ्चार AI सारांश
  • दाङ जिल्ला समितिले पार्टीका उम्मेदवारलाई विजयी गराएकोमा मतदाता, शुभेच्छुक र कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ।
  • निर्वाचनमा क्षेत्र नं. १, २ र ३ का विजयी उम्मेदवारहरू देवराज पाठक, विपिनकुमार आचार्य, कमल सुवेदीलाई समर्थनको उच्च मूल्याङ्कन गरिएको छ।
  • पार्टीले जनतासँग गरिएका वाचा पूरा गर्न प्रतिबद्धता जनाएको छ र जनताको निरन्तर खबरदारीको अपेक्षा गरेको छ।

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराएकोमा दाङ जिल्लावासी मतदाताप्रति आभार व्यक्त गरेको छ।

जिल्ला सभापति विनय घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा फागुन २१ गते सम्पन्न आम निर्वाचनमा दाङका तीनै निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवारलाई विजयी गराएकोमा सम्पूर्ण मतदाता, शुभेच्छुक तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरिएको छ।

विज्ञप्तिमा निर्वाचन क्षेत्र नं. १, २ र ३ बाट क्रमशः देवराज पाठक, विपिनकुमार आचार्य र कमल सुवेदीलाई प्रत्यक्षतर्फ विजयी गराउन मतदाताले गरेको सहयोगको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

साथै समानुपातिकतर्फ दाङ जिल्लाबाट कुल १ लाख ३१ हजार १ मत प्राप्त भएको भन्दै त्यसका लागि दाङका आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा पार्टीका शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।

निर्वाचन प्रचारप्रसारका क्रममा वडा, नगर, क्षेत्रीय तथा जिल्ला समितिका साथीहरू, पार्टीका सुवेक्षक र शुभचिन्तकहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै पार्टीले सबैप्रति आभार प्रकट गरेको छ।

पार्टीले निर्वाचनका क्रममा जनतासँग गरिएका वाचा समयमै पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै ती प्रतिबद्धता कार्यान्वयनमा जनताले निरन्तर खबरदारी गरिरहने अपेक्षा पनि व्यक्त गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?