मतदाता शिक्षाको अभाव कायमै, १० हजार बढी मत बदर

मतदाता शिक्षाको अभाव कायमै, १० हजार बढी मत बदर
+
-
देशसञ्चार AI सारांश
  • दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रमा १० हजार ६ सय ९८ मत बदर भएकोमा क्षेत्र नं. १ मा ४ हजार ५७ मत बदर भए।
  • यसपालि कुल बदर मत प्रतिशत ४ दशमलव २६ प्रतिशतमा झरेको छ तर पूर्णतया शून्यमा लैजान सकेको छैन।
  • मतदाता छलफलमा औंठाछाप र दोहोरो छापका कारण बदर मत बढेको देखिएकाले मतदाता शिक्षामा सुधार आवश्यक छ।

दाङ- दाङ जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा १० हजार ६ सय ९८ मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै निर्वाचन क्षेत्र नं. १ मा ४ हजार ५७ मत बदर भएका हुन् ।

त्यसपछि निर्वाचन क्षेत्र नं. ३ मा ३ हजार ७ सय ७६ मत बदर भएका छन् भने निर्वाचन क्षेत्र नं. २ मा सबैभन्दा कम २ हजार ८ सय ६५ मत बदर भएका छन् । जम्मा गणना भएको २ लाख ५१ हजार ३ सय ६८ मतमध्ये तीन वटै निर्वाचन क्षेत्रमा २ लाख ४० हजार ६ सय ७० मत सदर भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा ८० हजार ४ सय ४६ मत गणना हुँदा ७६ हजार ३ सय ८९ मत सदर भएका छन् भने ४ हजार ५७ मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार निर्वाचन क्षेत्र नं. २ मा ८२ हजार ३ सय ५ मत गणना भएकोमध्ये ७९ हजार ४ सय ४० मत सदर भएका छन् । यस क्षेत्रमा २ हजार ८ सय ६५ मत बदर भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं. ३ मा ८८ हजार ६ सय १७ मत गणना भएकोमध्ये ८४ हजार ८ सय ४१ मत सदर भएका छन् भने ३ हजार ७ सय ७६ मत बदर भएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनसँग तुलना गर्दा यसपटक बदर मतको संख्या र प्रतिशत दुवै घटेका छन् । उक्त निर्वाचनमा २ लाख ३३ हजार ३ सय २९ मत सदर भएका थिए भने १४ हजार ८ सय १० मत बदर भएका थिए । त्यतिबेला कुल बदर मत प्रतिशत ५ दशमलव ९७ थियो । यसपटक भने बदर मत प्रतिशत घटेर ४ दशमलव २६ प्रतिशतमा झरेको छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि मतदाताले दोहोरो छाप लगाएको, खाली मतपत्र मतपेटिकामा राखेको, औंठाछाप लगाएको जस्ता मतपत्र भेटिएका थिए । ती मतपत्रलाई बदर मतपत्रका रूपमा राखिएको हो । ‘२०७९ को निर्वाचनसँग तुलना गर्दा यसपटक बदर मत प्रतिशत घटेको छ । तर पनि बदर मत प्रतिशतलाई शून्यमा झार्न भने सकिएको छैन,’ सूचना अधिकृत कवरले भने, ‘मतदाता शिक्षालाई लक्षित वर्ग र समुदायमा अझै प्रभावकारी रूपमा केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

निर्वाचन क्षेत्र नं. १ का सहायक निर्वाचन अधिकृत लक्ष्मण भण्डारीका अनुसार एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गर्दा मत बदर भएको हो । ‘ल्याप्चे लगाउने क्रम धेरै घटेको छ । तर मतदाता निर्वाचन चिन्हमा झुक्किएको हो कि जानीजानी दुई वा दुईभन्दा बढी चिन्हमा मत संकेत गरेको हो भन्ने देखिन्छ,’ उनले भने, ‘मत संकेत गर्ने तरिकाबारे मतदातालाई स्पष्ट जानकारी दिन मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?