प्रतिनिधिसभा निर्वाचनः कोही लौरा टेक्दै पुगे, कसैलाई आफन्तले बोकेर पुर्‍याए

प्रतिनिधिसभा निर्वाचनः कोही लौरा टेक्दै पुगे, कसैलाई आफन्तले बोकेर पुर्‍याए
+
-

दाङ – राप्ती गाउँपालिका–८ स्थित शंकर माध्यमिक विद्यालय। जहाँ चार वटा मतदान केन्द्र थिए। ८३ वर्षीया खिमा थापाले मतदान गरिन्। छेउछाउमा छोराबुहारी अनि आफू। तर, लौराको साहरामा मतदान केन्द्रसम्म पुगेर मत खसालेकी हुन्।

‘कति पटक हालियो, कति पटक ठेगान छैन,’ उनले भनिन्, ‘चुनाव भयो, घरमा बस्न मन लागेन। आएँ भोट खसालेँ।’

वृद्धवृद्धालाई राम्रोसँग हेरचाह गर्ने नेता चाहिएको भन्दै उनले भोट खसालेको प्रक्रिया दिइन्। ‘बुढो भइयो, हिँड्न सक्दिनँ। यही लौराको साहरा हो,’ उनले भनिन्,‘हामीलाई सुविधा हुन्छ कि भन्ने आशा छ।’

७८ वर्षीया श्यामकली चौधरी हिँड्न सक्दिनन्। उनलाई काखामा हालेर मतदानस्थलसम्म पुर्‍याइयो। खुट्टा चल्दैन, उभिन नसक्ने हुँदा हिँडडुल गर्ने कुरै भएन। त्यही भएर आफन्तले बोकेर मतदानस्थलसम्म ल्याइपुर्‍याएका थिए।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त बिरामी व्यक्तिलाई लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइएको थियो। त्यहीअनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त व्यक्तिलाई लाइनमा बस्न नपर्ने सुविधा दिइएको थियो।

९४ वर्षीय खुबीराम आचार्य पनि लौराको साहरामा लमही नगरपालिका–६ खिमबहादुर शाह माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा आइपुगेका थिए। उनलाई प्रहरीले सहज रुपमा मतदान केन्द्रसम्म पुर्‍याएर मतदानको व्यवस्था मिलाएका थिए।

निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको थियो। प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्ने गरी व्यवस्थापन गरिएको गरिएको हो।

मतदान गर्नबाट कसैलाई पनि वन्चित हुन नपर्ने गरी आयोगले सम्पूर्ण व्यवस्थापन गरेको हो। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसंख्यकहरु लाइनमा बस्नु नपर्ने गरी सुविधा दिइएको थियो।

दाङमा चार सय ९२ मतदान केन्द्र छन्। निर्वाचन सुरक्षा, मतदान प्रतिनिधिको व्यवस्थापन, निर्वाचन आचारसंहिता कार्यान्वयन, मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय र सहयोग, मतदान केन्द्र निर्माणलगायतका काम भइसकेको हो।

शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान हुने र निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ। निर्वाचन क्षेत्र नं. १ मा एक सय ५८, क्षेत्र नं २ मा एक सय ५५ र क्षेत्र नं. ३ मा एक सय ७९ मतदान केन्द्र रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?