अ
+
अ
अ
-
दाङ- प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहानदेखि देशभर मतदान प्रक्रिया सुरु हुँदैछ।
निर्वाचन आयोगका अनुसार तोकिएका सबै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको छ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
मतदानका लागि मतदाता परिचयपत्र, नागरिकता, लाइसेन्स या जग्गाधनीपत्र अनिवार्य गरिएको छ।
यसैबिच, दाङ-१ अन्तर्गत प्राथमिक विद्धालय दुमदुमा पनि मतदानका कार्य सुरु गर्नका लागि कर्मचारी तथा सुरक्षाकर्मी तयारी अवस्थामा छन्। मतदाता पनि उत्साहजनक रुपमा मतदानस्थल पुगेका छन्।
तस्बिरहरू:




