अ
+
अ
अ
-
प्युठान – प्यूठानमा पिक अप गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
घाइते हुनेमा मोटरसाइकल चालक प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन्।
दुर्घटनामा लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाईते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिएको हाे।