आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको आभा फुटबल क्लब सेमिफाइनलमा

आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको आभा फुटबल क्लब सेमिफाइनलमा
+
-

कास्की – पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो।

आभा क्लबले कठिन जित निकाल्ने क्रममा खेलको ५६ औँ मिनेटमा उमिदजोन करिलोभले गरेको गोल निर्णायक बन्यो। डिबक्सभन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले सिधै चाली चुमेको थियो। खेलमा प्लानिङले समेत गोलका केही सुन्दर मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार आयोजक टोली सहारा क्लब पोखरा र मनाङ मर्स्याङ्दी क्लबले फाइनल प्रवेशका लागि प्रतिपस्पर्धा गर्नेछन्। यसैगरी पाहुना टोली आभा एफसीले दोस्रो सेमिफाइनलमा बिहीबार जावलाखेल युथ क्लबको सामना गर्नेछ।

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ। प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ। यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?