नेपाल कबड्डी लिग सिजन–२ जुन ५ देखि दशरथ रङ्गशालामा हुने

नेपाल कबड्डी लिग सिजन–२ जुन ५ देखि दशरथ रङ्गशालामा हुने
+
-

काठमाडौँ – ‘माटोदेखि मैदानसम्म’ भन्ने मूल नाराका साथ नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करण आयोजना हुने भएको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी जुन ५ देखि दशरथ रङ्गशालामा प्रतियोगिता सुरु हुने औपचारिक घोषणा गरिएको हो। यस पटकको लिगमा ५० देशका ६ सयभन्दा बढी खेलाडीहरूले नाम दर्ता गरिसकेका छन्। जसमध्ये ५ सय १२ जना नेपाली खेलाडीहरू रहेका छन्।

अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ।

कार्यक्रममा पशुपतिनाथ मन्दिर, स्तम्भ र कबड्डी खेलाडीहरूको कलात्मक प्रतिबिम्ब झल्किने नयाँ आकर्षक ट्रफी पनि सार्वजनिक गरिएको छ।

कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वव्यापी मञ्चमा पुर्‍याउने र कबड्डीलाई नयाँ उचाइ दिने लक्ष्य राखेको आयोजको विश्वास छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?