कालाकाटे दुर्घटनाः चालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध

कालाकाटे दुर्घटनाः चालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध
+
-

दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ।

गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुनको मृत्यु भएपछि ठक्कर दिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।

प्रहरीका अनुसार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। मृतक पुनको शव भालुवाङ अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?