- मतदाताले नेताहरुलाई निर्वाचनपश्चात् पनि नियमित रुपमा गाउँबस्तीमा फर्केर आउन सुझाव दिएका छन्।
- सवै दलका उम्मेदवारहरुलाई निर्वाचित भएपछि गाउँँमा फर्कने प्रतिबद्धता जनाउन लगाउनुपर्ने आवश्यकता महसुस भएको छ।
- निर्वाचनमा मात्र गाउँ आउने शिष्टाचार तोड्दै, नेताहरुसंग बारम्बार सम्पर्क आवश्यक रहेको मतदाताले बताए।
हुम्ला – फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा लागेका राजनीतिक दलका नेता र उम्मेदवारहरुलाई मतदाताले निर्वाचनपछि पनि यसरी गाउँबस्तीमा फर्केर आउन सुझाव दिएका छन्।
निर्वाचनमा आउने मत माग्ने, निर्वाचित भई सकेका जनप्रतिनिधि र दलका नेता पूनः गाउमा फर्केर नआउने गरेको कारण यस पटक सबै गाउँँपालिकाका मतदादाताहरुले आफ्ना कुरा बारम्बार सुन्नका लागि पनि फर्केर आउन सल्लाह दिएका हुन्।
ताँकोट गाउँपालिका–३ का जगत शाहीले निर्वाचनमा जसरी जिल्लाका क्रियाशिल दलका नेता र तिनै दलबाट टिकट पाउनु भएका उम्मेदवारहरुलाई निर्वाचनपछि पनि यसरी जनतासंग भेटघाट, भलाकुसाली र समस्या सुन्न आउनका लागि आग्रह गरे। निर्वाचनमा मत पाएर चुनाव जित्ने अनि त्यसपछि गाउँ फर्केर नआउने प्रबृति बढेको कारण यसरी गाउँबस्तीमा मत माग्न आइपुगेका सवै उम्मेदवार र नेताहरुलाई मतदाताले यसरी कम्तीमा वर्षको एक पटक गाउँबस्तीमा पुग्नका लागि आग्रह गरिएको उनले बताए।
यसरी गाउँमा बेला बेला निर्वाचित प्रतिनिधि र दलका नेता गाउँमा पुगेपछि समन्वय पनि हुने र मतदाताका समस्या र गुनासा पनि जानकारी हुने भएपछि काम गर्न पनि सहज हुनेछ। यता निर्वाचनको समय भन्दा अन्य बेला आउन नसक्ने उम्मेदवारलाई राम्रोसंग पहिचान गरेर मतदान गर्न जिल्लाभरका मतदातालाई आग्रह गर्दै चङ्खेली गाउँपालिका–४ की बासना शाहीले अहिले नै नसोचे पछि कुरा काटेर कुनै फाईदा नहुने बताईन।
गाउँमा आउने सवै दलका उम्मेदवारहरुलाई निर्वाचित भएपछि गाउँँमा फर्कने भरपर्दो प्रतिबद्धता जनाउन लगाउनुपर्ने उनको भनाइ छ। हुम्ला जिल्लामा १६३ बस्तीहरु रहेका छन्। यी असी प्रतिशत बस्तीमा निर्वाचनमा मात्र मत माग्न नेताहरु आउने र त्यसपछि विसर्ने भएको कारण यसपाली समय मै सचेत गराउनु आवश्यक रहेको सर्केगार्ड गाउँपालिका–३ का जय फडेराले बताए।
निर्वाचनका लागि मत दिने साधन मात्र मतदाता नभएको बताउदै उहाँले आफुले चुनाएका जनप्रतिनिधिहरुसंग बारम्बार सम्पर्क र चिनजान गर्न आवश्यक रहेको बताए। मतदाताको यस्तो प्रतिकृया आएपछि फागुन २१ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाले मतदाताको यो स्वभाविक सुझाव भएको र यसलाई अक्षरस पालन गर्न आफु तयार रहेको बताए। यो कामले स्थानीय बासिन्दा र जनप्रतिनिधिबिच नङ र मासुको सम्वन्ध स्थापित गराउन सघाउ पुग्ने बिस्वास उनले ब्यक्त गरे।