रौतहट बालिका मृत्यु प्रकरणमा रास्वपा भन्छ- ‘हामी गम्भीर छौँ’

रौतहट बालिका मृत्यु प्रकरणमा रास्वपा भन्छ- ‘हामी गम्भीर छौँ’
+
-
देशसञ्चार AI सारांश
  • रास्वपाले चुनावी अभियानमा प्रयोग भएको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको घटनालाई गम्भीरताका साथ लिएको छ।
  • पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउन कानुनी प्रक्रिया अघि बढाउने बताएको छ।
  • उम्मेदवार तथा पार्टीका व्यक्तिहरूलाई सवारी सञ्चालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी पनि महामन्त्रीले दिएका छन्।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै रौतहट क्षेत्र नम्बर- २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको घटनाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट एक नाबालिकाको असामयिक निधन भएको खबरले पार्टी अत्यन्तै दुखित छ। यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। पार्टीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छ।”

महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया अघि बढाउन र पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक पहल गर्ने बताएका छन्। साथै पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन पनि प्रयास भइरहेको जनाइएको छ।

उनले आगामी दिनमा उम्मेदवार तथा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सवारी साधन सञ्चालन तथा प्रयोगका क्रममा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन निर्देशन दिइएको पनि जानकारी दिएका छन्।

उक्त दुर्घटना बिहीबार दिउँसो रौतहटको इशनाथ नगरपालिका- ४, मठिया टोलमा भएको थियो। रास्वपा उम्मेदवार शेख सगिरको नाममा रहेको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनाका बेला गाडीमा आफू सवार नरहेको उम्मेदवार सगिरले बताएका छन्।

दुर्घटनापछि घाइते बालिकालाई सोही गाडीमा गौर सिटी अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको थियो। दुर्घटनापछि फरार भएका चालक परोहा नगरपालिका निवासी २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ।

विज्ञप्ति:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?