दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल दाङमा क्यान्सर उपचार शुरू हुने भएको छ । प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच आइतबार सम्झौता सम्पन्न भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिबजि पौडेल बिच क्यान्सर उपचार गर्ने गरि सेवा बिस्तारसंगै जनशक्ति आदान प्रदान गर्ने सम्झौता भएको छ । प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कडेल र क्यान्सर अस्पतालका सह निर्देशक डा. उमेश नेपालको रोहबरमा यो सम्झौता भएको हो।
क्यान्सर उपचारका लागि दाङमा हालसम्म ब्यबस्था नभएकाले यो सम्झौता कार्यान्वयनमा आएपछि साबिक राप्ती अञ्चल लगायत पश्चिम नेपालमा सेवा बिस्तारमा थप सहयोग मिल्ने र नागरिकलाई घर आगनकै अस्पतालबाट उपचार लिन पाउने प्रा. लम्सालले बताए । क्यान्सर उपचार जिल्लामा नहुँदा यहाँका नागरिक बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ।