कांग्रेस युवालाई सम्मान गर्ने दल होः चौधरी

कांग्रेस युवालाई सम्मान गर्ने दल होः चौधरी
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार गगनकुमार थापाको नेतृत्व परिवर्तनले कांग्रेसलाई युवामुखी दलको रुपमा स्थापित गरेको छ।
  • सहेद दिवसको अवसरमा लमहीमा सहिदहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरियो।
  • लमही जेसीज र जेनजी युवाहरूले छुट्टाछुट्टै दीप प्रज्वलन गरि श्रद्धासुमन अर्पण गरे।

दाङ – कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाली कांग्रेस युवालाई सम्मान गर्ने दल भएकै कारण आज गगनकुमार थापा पार्टीको सबैभन्दा कान्छो नेतृत्वको रुपमा स्थापित भएको बताएका छन्।

दाङको लमहीमा ‘कांग्रेसी मन’ ले सहिदहरूको सम्झनामा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले गगनकुमार थापाको नेतृत्वमा रूपान्तरण भएको कांग्रेसले सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने दाबी गरे। उनले भने,‘नेतृत्व परिवर्तन गरेर यो मुलुक युवाले चलाउन सक्छन् भन्ने सन्देश हामीले दिएका छौं। देशलाई गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका गगनकुमार थापालाई सभापति बनाएर नेपाली जनतासामु अघि सारेका छौं।’

सहमहामन्त्री चौधरीले अन्य राजनीतिक दलका नेतृत्व र नेपाली कांग्रेसका सभापतिको योगदानको तुलना गरेर मूल्यांकन गर्न आग्रह गर्दै भने,‘टिभी स्क्रिनमा देखिएको भरमा वा  र्‍याप गीत गाएकै भरमा देशको नेतृत्व गर्छु भन्नेहरू र गगनकुमार थापालाई एउटै ठाउँमा राखेर हेर्नुस्। गगनकुमार थापाको अनुहार यस देशका सबैभन्दा अब्बल युवाको प्रतिनिधि अनुहार हो।’

नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीको अध्यक्षता तथा सहमहामन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दिप प्रज्वलन कार्यक्रममा महासमिति सदस्य मधु न्यौपानेलगायतले पनि मन्तव्य राखेका थिए।

जेसीज र जेनजी युवाद्वारा पनि दीप प्रज्वलन

सहिद दिवसको अवसरमा लमही जेसीज र जेनजी युवाहरूले छुट्टाछुट्टै दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा सहिदहरूको तस्बिरमा अबिर र मैनबत्ती बालेर श्रद्धासुमन अर्पण गरिएको थियो। लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेलको नेतृत्वमा दिप प्रज्वलन गरिएको हो।

यस्तै देउखुरी बहुमुखी क्याम्पसका स्ववियू सभापति मिलन चौधरीको अगुवाइमा जेनजी युवाहरूले पनि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?