लुम्बिनी प्रदेश सभा बैठकः दुई विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

लुम्बिनी प्रदेश सभा बैठकः दुई विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्रदेश सभाको बैठकमा दलित अधिकार र विषादी व्यवस्थापनसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल सकिएको छ।
  • स्वास्थ्य मन्त्री खेमबहादुर सारुले विभिन्न प्रतिवेदन र संशोधन प्रस्ताव प्रदेश सभामा पेश गरे।
  • प्रदेश सभाको अर्को बैठक माघ २० गते बस्ने तय भएको छ।

दाङ – लुम्बिनी प्रदेश सभामा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ। प्रदेश सभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री तिमिल्सिनाले दिए। सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिए।

यस्तै, स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि मन्त्री सारुले दिए। उक्त छलफलमा प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले भाग लिए।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरे।

त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सभामा पेश गरे।

आजको बैठकमा प्रदेश सभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखे। प्रदेश सभाको अर्को बैठक माघ २० गते बस्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?