सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै
+
-
देशसञ्चार AI सारांश
  • सिरहामा किशोरीलाई लक्षित गर्दै एचपिभी खोप अभियान दुई चरणमा सञ्चालन गर्ने तयारी भइरहेको छ।
  • पहिलो चरण माघ २५ देखि फागुन २ गतेसम्म र दोस्रो चरण फागुन ४ देखि १० गतेसम्म सञ्चालन हुनेछ।
  • गत वर्ष छुटेका छात्राहरूलाई समेट्दै ११-१४ वर्ष उमेरका विद्यालय छाडेका बालिकालाई पनि खोप दिने योजना छ।

सिरहा – पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ।

स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिनेछ।

“गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपिभी खोपबाट छुटेका थिए। यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,” खोप निरीक्षक कँडेलले भने। उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन्।

अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए।

खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। त्यसैगरी मङ्गलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?