को हुन् लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्र केसी?

को हुन् लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्र केसी?
+
-
देशसञ्चार AI सारांश
  • चन्द्रबहादुर केसी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए, उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १,८३२ मत पाए।
  • केसी गुल्मी जिल्लाका स्थायी बासिन्दा हुन्, र उनकाे राजनीति यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो।
  • उनले पार्टीकाे संगठनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् तथा शिक्षा, स्वास्थ्य र भाैतिक पूर्वाधारमा निरन्तर काम गरेका छन्।

दाङ– लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। अन्य क्लस्टरमा नेपाली कांग्रेसका चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन।

माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए। निर्वाचित केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका स्थायी बासिन्दा हुन्। ०१३ साल चैत २१ गते जन्मिएका केसी लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित नाम बनेका थिए। २०५६ सालमा गुल्मीको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि भने उनी केही समय राजनीतिक रूपमा ओझेलमा परेका थिए। तर राष्ट्रिय सभा निर्वाचनको परिणामसँगै चन्द्र केसी पुनः राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा आएका छन्।

केसी २०६७ सालदेखि पाँच वर्षसम्म नेपाली काँग्रेस गुल्मीको पार्टी सभापतिको जिम्मेवारीमा रहे। यसअघि २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापतिमा निर्वाचित भएर काम गरेका उनी सादा जीवनशैली र निरन्तर राजनीतिमा सक्रिय रहने नेताका रूपमा चिनिन्छन्। पार्टीका कार्यकर्ता र स्थानीयका अनुसार गुल्मी काँग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउन केसीको महत्वपूर्ण योगदान रहेको छ।

उनको राजनीतिक यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। यसक्रममा उनले जेलनेल र यातनासमेत भोग्नुपरेको छ। जिविस सभापति रहँदा गुल्मी जिल्लामा पहिलो पटक डोजर भित्र्याउने पहल पनि उनकै कार्यकालमा भएको थियो।

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका चन्द्र केसीको करिब ५० वर्ष लामो राजनीतिक संघर्षलाई यसपटक राष्ट्रिय सभा सदस्यको रूपमा निर्वाचित हुँदै पुनः एक पटक मूल्याङ्कन र सम्मान प्राप्त भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?