अ
+
अ
अ
-
काठमाडौं- नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाएको छ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
खतिवडाले उनलाई पार्टीले ओखलढुंगामा उम्मेदवार बनाएको जानकारी गराए।
खतिवडा यसअघिको निर्वाचनमा पनि ओखलढुंगाबाट निर्वाचित भएका थिए।
गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि खतिवडाले सबैलाई यो निर्णयलाई स्वीकार गरेर अघि बढ्न आग्रह गरेका थिए।