पुस मसान्तसम्म लुम्बिनीको पुँजीगत खर्च १८ प्रतिशत पुग्यो

पुस मसान्तसम्म लुम्बिनीको पुँजीगत खर्च १८ प्रतिशत पुग्यो
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्रदेश सरकारले चालु वर्ष २०८२/८३ को पुस मसान्त सम्म १८ दशमलव शुन्य ४ प्रतिशत पुँजीगत खर्च गरेको छ।
  • स्वास्थ्य मन्त्रालयले ६७ दशमलव ४३ प्रतिशत पुँजीगत खर्च गरेको भए तापनि युवा तथा खेलकुद मन्त्रालयले मात्र शुन्य दशमलव शुन्य ४ प्रतिशत खर्च गरेको छ।
  • भौतिक पूर्वाधार विकास मन्त्रालयले पुँजीगत खर्च १९ दशमलव २४ प्रतिशत रहेको छ भने प्रदेश सभाको पुँजीगत खर्च ३ दशमलव १५ प्रतिशत छ।

दाङ – लुम्बिनी प्रदेश सरकारले चालु  वर्ष २०८२/८३ को पुस मसान्त सम्म पुँजीगत खर्च १८ प्रतिशत पुर्‍याएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार लुम्बिनी प्रदेश सरकारले पुस मसान्त सम्म पुँजीगत खर्च १८ दशमलव शुन्य ४ प्रतिशत गरेको देखिएको हो।

सरकारले पुँजीगत तर्फ २३ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ। जस अन्तरगत यो अवधिमा चार अर्ब २३ करोड खर्च भएको छ। प्रदेश सरकारले ३८ अर्ब ९१ करोड बजेट चालु आर्थिक बर्षकालागि विनियोजन गरेको हो। जस मध्ये जम्मा खर्च २० दशमलव ४५ प्रतिशत छ। सरकारले ७ अर्ब ९५ करोड यो अवधिमा जम्मा खर्च गरेको छ।

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च सबैभन्दा धेरै ६७ दशमव ४३ प्रतिशत पुगेको छ। पुँजीगत तर्फ एक अर्ब ५७ करोड बजेट मध्ये यो अवधिमा एक अर्ब ५ करोड खर्च भएको छ। सबैभन्दा थोरै पुँजीगत खर्च गर्नेमा युवा तथा खेलकुद मन्त्रालय छ। जसको पुँजीगत खर्च शुन्य दशमलव शुन्य ४ प्रतिशत रहेको छ। २२ करोड ७० लाख पुँजीगत बजेट मध्ये अहिले सम्म ८५ हजार ९ सय ९३ रुपैयाँ मात्रै खर्च भएको छ।

प्रदेश सभाको पुँजीगत खर्च ३ दशमलव १५ प्रतिशत छ। प्रदेश लोक सेवा आयोगको ४ दशमलव ७१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ७ दशमलव ९६ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको ३ दशमलव ६१ प्रतिशत खर्च भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ९ दशमलव ४८ प्रतिशत पुँजीगत खर्च भएको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको १३ दशमलव ४५ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शुन्य दशमलव ११ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको ८ दशमलव १५ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १९ दशमलव २४ प्रतिशत, सहरी विकास तथा खानेपानी मन्त्रालयको १६ दशमलव ७२ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ४ प्रतिशत, प्रदेश योजना आयोगको शुन्य दशमलव ८० प्रतिशत पुँजीगत खर्च रहेको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?