दाङकाे रिहारमा माघे सङ्क्रान्ति मेला ( तस्बिरसहित )

दाङकाे रिहारमा माघे सङ्क्रान्ति मेला ( तस्बिरसहित )
+
-
देशसञ्चार AI सारांश
  • लमही नगरपालिका–९ स्थित रिहार बगार बाबा धाममा माघे संक्रान्ति मेलामा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाउँदै विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
  • रिहार धामको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाउन बैठकले आह्वान गरेको छ।

दाङ– लमही नगरपालिका–९ रिहारस्थित बगार बाबा धाममा माघे संक्रान्ति मेलामा श्रद्धालु भक्तजन भीड लागेकाे छ।

थारु र अवधि समुदायको आस्थासँग जोडिएको यस धामको ऐतिहासिक पृष्ठभूमि द्वापरयुगसँग सम्बद्ध रहेको जानकार विन्तिराम यादवले जानकारी दिए।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वापरयुगसँग सम्बन्धित लमही नगरपालिका–९ स्थित रिहार बगार बाबा धामको अवलोकन गरेका छन्।

धार्मिक पर्यटनसँग जोडिएका पूर्वाधार निर्माणको स्थलगत जानकारी लिँदै उनले प्रदेश सरकारले यसलाई निरन्तर कार्यक्रममार्फत सम्बोधन गरिरहेकोबताए।

सो अवसरमा थारु र यादव समुदायका पुजारी रहने शिव मन्दिर, बगार बाबा शक्तिपीठ, मामा भैने, मामी सौरीलगायत मन्दिरमा उनले पूजा अर्चना गरेका छन्।

मुख्यमन्त्री आचार्यले रिहार धामलाई प्रदेशकै गौरव र महत्वपूर्ण धार्मिक तीर्थस्थलको रूपमा चिनाउँदै यस क्षेत्रको विकास समग्र प्रदेशको समृद्धिसँग जोडिने बताए। भक्तजनको निरन्तर आगमन हुने वातावरण बनाउन पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

हरेक वर्षको तुलनामा यस वर्ष मेलाको व्यवस्थापन अधिक चुस्त देखिएको स्थानीयले बताएका छन्।

रिहार क्षेत्रमा मुख्यमन्त्री आचार्यसँगै लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसी, अखिल नेपाल महिला संघ अर्घाखाँचीकी अध्यक्ष दिपा आचार्यलगायतले अवलोकन गरेका थिए।

यसैबीच मुख्यमन्त्री आचार्यले स्थानीय जनप्रतिनिधिसहित धाम व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खत्री, सचिव नन्दलाल वली (नवीन) लगायतसँग छलफल गरेका छन्।

रिहार धामको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाएर योजनाबद्ध विकासलाई प्राथमिकता दिनुपर्नेमा बैठकले जोड दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?