सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
सांकेतिक तस्बिर ।
+
-

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। वीरेन्द्रनगर- ११ पिपिरा चोक नजिकैको फोरलेन सडकमा भएको दुर्घटनामा ७० वर्षीया लक्ष्मी लामिछानेको ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसो करिब २ बजे पिपिरा चोकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले लामिछानेलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए। मृतक लामिछाने वीरेन्द्रनगर- १३ की बासिन्दा हुन्।

दुर्घटनामा मोटरसाइकल चालक लेकवेशी नगरपालिका-३ निवासी २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?