एमाले हुम्लाद्धारा प्रतिनिधि सभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस

एमाले हुम्लाद्धारा प्रतिनिधि सभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस
+
-
देशसञ्चार AI सारांश
  • आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ।
  • बैठकमा सहमती नजुटेपछि रावल, फडेरा र ऐडीको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएको हो।
  • एमाले हुम्लाका नेताहरूलाई निर्वाचन केन्द्रित अभियानमा सक्रिय गराउन बुमीले आग्रह गरेका छन्।

हुम्ला- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ। बुधबार अवेरसम्म बसेको नेकपा एमाले हुम्लाको बैठकले उक्त नामहरू सिफारिस गरेको हो।

एमाले जिल्ला कमिटी हुम्लाले एकल रूपमा नाम सिफारिस गर्न पटक-पटक बैठक र परामर्श गरेको अध्यक्ष ज्ञामी बुमीले जानकारी दिए। सिफारिस गरिएका नामहरूमा दल रावल, दल फडेरा र सौमती ऐडी रहेका छन्। रावल कर्णाली प्रदेश सरकारको पूर्व मन्त्री हुन् भने फडेरा पूर्व गाउँपालिका अध्यक्ष र ऐडी पूर्व गाउँपालिका उपाध्यक्ष हुन्।

गत मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरूको भर्चुअल बैठक आयोजना गरे पनि सहमती नजुटेपछि, २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार रहेका रावल, प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनेका दल फडेरा र महिलाबाट ऐडीको नाम सिफारिस गरिएको हो।

बुधबार सुर्खेतमा बसेको एमाले कर्णाली प्रदेश बैठकमा, जिल्लाको तर्फबाट अध्यक्ष ज्ञामी बुमीले पार्टी केन्द्रको निर्देशन अनुसार हुम्लाबाट तीन जनाको नाम सिफारिस गरिएको जानकारी गराए। उनले भने, “अब केन्द्रको निर्णय अनुसार एमाले हुम्ला अगाडि बढ्नेछ।”

अध्यक्ष बुमीले केन्द्रीय सचिवालयको बैठकले पार्टी निर्वाचन केन्द्रित रहेको औपचारिक रूपमा उल्लेख गरेकाले जिल्लाका सातवटै गाउँ कमिटी र ४४ वटै वडा कमिटीलाइ निर्वाचन केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?